उपनिर्वाचनमा ठुला दललाई जनमत जोगाउन चुनौती

जनपत्र
७ बैशाख २०८०, बिहीबार ०८:०५

यही वैशाख १० गते तीन जिल्लाका तीन क्षेत्रमा हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको परिणाम आफ्नो पक्षमा पार्न प्रमुख राजनीतिक दलहरू सक्रिय भएका छन्।

तनहुँ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा विजयी रामचन्द्र पौडेल राष्ट्रपति, चितवन २ बाट निर्वाचित रवि लामिछानेको सांसद पद खारेज र बारा २ बाट विजयी रामसहायप्रसाद यादव उपराष्ट्रपति भएका कारण ती क्षेत्रमा उपचुनाव हुन लागेको हो।

उपनिर्वाचनलाई राजनीतिक दलहरूले आआफ्नो प्रतिष्ठाको विषय बनाएका छन् भने राजनीतिक वृत्तमा यसलाई दलहरूको परीक्षणका रूपमा पनि हेरिएको छ। उपनिर्वाचनमा नयाँ अनुहार र मंसिर ४ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजित पनि उम्मेदवार छन्।

यही वैशाख १० गते तीन जिल्लाका तीन क्षेत्रमा हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको परिणाम आफ्नो पक्षमा पार्न प्रमुख राजनीतिक दलहरू सक्रिय भएका छन्।

तीनवटै क्षेत्रमा प्रतिस्पर्धा निकै रोचक हुने देखिएको छ। उपचुनावमा केही फरक माहोल देखिएको छ। तीनवटै क्षेत्रमा दलका देशैभरिका नेता, कार्यकर्ता आआफ्नो पक्षका उम्मेदवारलाई जिताउन परिचालित छन्। उनीहरूले आआफ्नै दलका उम्मेदवारले निर्वाचन जित्ने ठोकुवासमेत गरिरहेका छन्। सत्ता गठबन्धन दलले चुनावी तालमेल गरेका छन्। नागरिक दैनिकबाट

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*