ए डिभिजन लिगमा खुमलटार र एनआरटी तथा मनाङ र आर्मी भिड्दै
राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज पनि २ खेल हुँदै छन् ।
आजबाट दशौं चरणको खेल सुरुहुने छ । आजका दुवै खेल त्रिपुरेश्वरमा रहेको दशरथ रंगशालामा हुने छन् ।
दिउँसो ३ बजे हुने पहिलो खेलमा एफसी खुमलटार र न्युरोड टिम एनआरटीबीच प्रतिस्पर्धा हुने छ ।
खुमलटार चौथो जितको खोजिमा रहँदा एनआरटी दोस्रो जितको खोजिमा छ ।
खुमलटार १० अंकका साथ दशौं स्थानमा रहँदा एनआरटी ७ अंक लिएर १३ औं स्थानमा छ ।
आजै साँझ दशरथ रंगशालामै मनाङ मस्र्याङ्दी क्लब र त्रिभुवन आर्मी क्लब आमने सामने हुने छन् ।
मनाङ पाँचौं जितको खोजिमा रहँदा आर्मी चौथो जित निकाल्ने लक्ष्यमा हुने छ ।
मनाङ १५ अंकसहित चौथो स्थानमा रहेको टिम हो भने आर्मी १२ अंकसहित आठौं स्थानमा छ ।






