चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित
जस बटलरको अर्धशतकमा राजस्थान रोयल्सले बुधबार इन्डियन प्रिमियर लिगमा चेन्नई सुपर किंग्सलाई संघर्षपूर्ण खेलमा तीन रनले पराजित गरेको छ । बटलरको ३६ बलमा ५२ रनमा राजस्थानले पहिले ब्याटिङ गर्दै आठ विकेटमा १ सय ७५ रन बनाएको थियो ।
त्यसमा सिमरन हेटमारको नटआउट ३० रनको पनि योगदान रह्यो । चेन्नईलाई जितसम्म पुग्न सन्दीप शर्माको अन्तिम ओभरमा २१ रन चाहिएकोमा त्यसलाई पूरा गर्न सकेन।
अन्तिम ओभरमा दुई वाइडपछि महेन्द्रसिंह धोनीले दुई छक्का प्रहार गरे र अन्तिम बलमा पाँच रन चाहिएको थियो । त्यसमा एकै रन मात्र बन्यो र चेन्नईले ६ विकेटमा १ सय ७२ रन मात्र बनाउन सक्यो ।







