पञ्जाबलाई हराउँदै हैदराबादले निकाल्यो पहिलो जित

जनपत्र
२७ चैत्र २०७९, सोमबार ०९:०२

इन्डियन प्रिमियर लिग(आइपिएल) मा सनराइजर्स हैदराबादले पहिलो जित निकालेको छ।

आइतबार राति भएको खेलमा पञ्जाबमाथि ८ विकेटको जित निकाल्दै हैदराबादले लिगमा पहिलो जित निकालेको हो। पञ्जाबको भने तेस्रो खेलमा पहिलो हार हो।

टस हारेर पहिले ब्याटिङ गरेको पञ्जाबले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४३ रन बनाएको थियो। उसका लागि ओपनर शिखर धवनले एक छेउबाट इनिङ समालेपनि अन्य कुनैपनि खेलाडीले गतिलो प्रदर्शन गर्न सकेनन्।

शिखर धवनले ६६ बलमा १२ चौका र ५ छक्काको सहयोगमा ९९ रनको अविजित इनिङ खेले। उनी बाहेक साम कुरानले २२ रन बनाउनु थप दोहोरो स्कोरका रूपमा रह्यो। जारी सिजनमा धवनको ९९ रन कुनैपनि ब्याटरले प्रहार गरेको सर्वाधिक रन हो। हैदराबादका लगि मंयक मार्कन्डेले सर्वाधिक ४ विकेट लि‍ँदा मार्को जनसेन र उम्रान मलिकको समान २-२ विकेट रहेको छ।

१ सय ४४ रनको लक्ष्य पछ्याउको हैदराबादले १७ बल बाँकी हुँदा २ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो। उसका लागि राहुल त्रिपाठीले ७४ रनको अविजित इनिङ खेल्दा एडेन माक्रमले २१ बलमा ३७ रनको अविजित इनिङ खेलेका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*