जसपाको विधान अधिवेशन जेठमा सर्‍याे

जनपत्र
२३ चैत्र २०७९, बिहीबार १६:२४

जनता समाजवादी पार्टी, नेपाल (जसपा)को विधान अधिवेशन सरेको छ ।

पार्टी उपनिर्वाचनको तयारीमा जुटेकाले जेठ १ गतेका लागि अधिवेशन सारिएको जसपाका केन्द्रीय कार्यकारिणी समिति सदस्य शिवलाल थापाले जानकारी दिए ।

उनका अनुसार जेठ १ देखि ३ गतेसम्म काठमाडौंमा महाधिवेशन हुनेछ । यसअघि यही चैत २६ गतेदेखि २८ गतेसम्म अधिवेशन गर्ने तय भएको थियो । तर वैशाख १० गते हुने उपनिर्वाचनमा पार्टीका अध्यक्ष उपेन्द्र यादव उम्मेदवार बनेकाले विधान अधिवेशन सारिएको थापाले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*