पोर्चुगलको फराकिलो जित

जनपत्र
१३ चैत्र २०७९, सोमबार ०८:०७

युरोकप छनोट फुटबलमा पोर्चुगलले लक्जमर्बगमाथि ६–० गोलको जित दर्ता गरेको छ ।

आधा दर्जन गोल गर्दा पोर्चुगलका क्रिष्टियानो रोनाल्डोले २ गोल गरे ।

पाहुना टोली पोर्चुगलले नवौं मिनेटमा अग्रता लिएको थियो ।

रोनाल्डोले गोल गर्दै अग्रता दिलाएका थिए ।

१५ औं मिनेट जाओ फेलिसले गोल गरेपछि अग्रता दोब्बर भयो ।

बर्नान्डो सिल्भाले १८ औं मिनेटमा गोल गरेपछि पोर्चुगल ३–० ले अघि बढेको थियो ।

३१ औं मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दा पोर्चुगल पहिलो हाफमा ४–० ले अघि रह्यो ।

७७ औं मिनेटमा ओटाभिओले पाँचौं र ८८ औं मिनेटमा राफेल लियोले टिमका लागि छैटौं गोल गरेका थिए ।

समूह जेमा रहेको पोर्चुगलको यो लगातार दोस्रो जित हो ।

यही समूहमा रहेका अन्य खेलमा स्लोभाकियाले बेस्निया हर्ज गोभिनामाथि २–० को जित दर्ता गर्दा आईसल्याण्डले लिचेस्टेनलार्य ७–०ले स्तब्ध बनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*