जसपा कार्यकारिणी समितिको बैठक बस्दै, उपनिर्वाचनबारे छलफल हुने

जनपत्र
८ चैत्र २०७९, बुधबार ०८:००

जनता समाजवादी पार्टी, नेपाल (जसपा)को केन्द्रीय कार्यकारिणी समिति बैठक बुधबार बस्दैछ। बालकुमारीस्थित पार्टी कार्यालयमा आज दिउँसो १ बजे बैठक बस्न लागेको हो।

बैठकमा बैशाख १० मा हुने उपनिर्वाचनबारे छलफल गरिने प्रवक्ता मनिस सुमनले जानकारी दिए।

बारा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका रामसहाय प्रसाद यादव उपराष्ट्रपति बनेपछि सो क्षेत्रमा वैशाख १० गते उपनिर्वाचन हुँदैछ।

चैत ३ मा उपराष्ट्रपति बनेपछि यादवले सांसद र पार्टीबाट राजीनामा दिएका छन्। बारा २ मा कसलाई उम्मेदवार बनाउने भन्नेबारे आजको बैठकमा छलफल हुनेछ।

बारा- २ मा उपेन्द्र यादव उम्मेदवार बन्ने हल्ला छ।

जसपाले कुन-कुन मन्त्रालय लिने र कसलाई मन्त्री बनाउने भन्ने बारेमा पनि छलफल हुने बताइएको छ।

यसैगरी, बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे पनि छलफल गरिनेछ।

निर्वाचन आयोगले आजबाट आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि आजबाट दल दर्ता सुरु गर्दैछ। आयोगले दल दर्ताका लागि राजनीतिक दलहरूलाई आह्वान गरिसकेको छ।

दल दर्ता चैत १२ गतेसम्म हुनेछ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*