डडेल्धुरा बहुमुखी क्याम्पसमा नेविसंघको प्यानल विजयी , सभापतिमा दुर्गा भट्ट
डडेल्धुरा बहुमुखी क्याम्पस डडेल्धुरामा भारी मतले नेपाल विद्यार्थी संघको प्यानल विजयी भएको छ। सभापतिमा नेविसंघका दुर्गा भट्ट नेतृत्वको प्यानलसहित विजयी भएका हुन् ।
डडेल्धुरा बहुमुखी क्यमम्समा स्वतन्त्र विद्यार्थी युनियनका लागि तीन प्यानल चुनावी मैदानमा रहेका थिए । नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारीसहित अन्य पाँच संगठन मिलेर नेपाल विद्यार्थी संघ ९बीपी० र अखिल प्यानलसहित चुनावी मैदानमा रहेका थिए।
स्ववियु सभापतिमा नेविसंघका दुर्गा प्रसाद भट्टले ३१० मत सहित विजयी भएका छन्। उनका प्रतिद्वन्दी सयुक्त विद्यार्थी संगठनका मदन बहादुर बोहराले १०७ मत प्राप्त गरेका छन्। त्यस्तै अनेरास्ववियुका गणेश बहादुर क्षेत्रीले ६९ मत प्राप्त गरेको निर्वाचन अधिकृत भुवनेश्वर पनेरूले बताए ।
सचिवमा नेविसंघका लोकेन्द्र बोहाराले ३०२ मत ,कोषाध्यक्षमा नेविसंघकै देवकी तमौलीले ३०२ मत सहित विजयी भइन् । त्यस्तै सदस्यहरुमा नेविसंघका पूजाकुमारी बोगटी, राजेन्द्रप्रसाद पाण्डेय, महेश्वरी भण्डारी, सुरज बिक र दिपिका पन्त निर्वाचित भएका छन् । कूल ७९८ मतदातामध्ये ५ सय २३ मत खसेको थियो। अन्नपुर्णपोष्टबाट ।







