आरआर क्याम्पसमा आज स्ववियु चुनाव नहुने, विद्यार्थी भर्नाको विषयमा विवाद

जनपत्र
५ चैत्र २०७९, आईतवार ०७:५१

त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसमा आइतवार स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन तोकिएपछि काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्न राज्यलक्ष्मी ९आरआर० क्याम्पसमा आज स्ववियु चुनाव नहुने भएको छ ।

विद्यार्थी भर्नाको विषयमा विवाद हुँदा स्ववियु चुनाव प्रभावित बनेको हो ।

फागुन १७ गतेसम्म मात्रै नयाँ विद्यार्थी भर्ना गर्नुपर्नेमा क्याम्पस प्रशासनले त्यसपछि पनि विद्यार्थी भर्ना गरेपछि विवाद देखिएको छ ।

सत्तारुढ गठबन्धननिकट विद्यार्थी संगठनहरूले विद्यार्थी भर्नाको विरोध गरेपछि स्ववियु निर्वाचन प्रभावकारी भएको जनाइएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*