कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै

जनपत्र
५ चैत्र २०७९, आईतवार ०७:२९

नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै छ । आज बस्ने बैठकमा समसामयिक राजनीतिक घटनाक्रमका साथै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विश्वासको मतबारे छलफल हुने बताइएको छ ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक बिहान साढे १० बजे बस्ने तय भएको छ ।

प्रधानमन्त्री प्रचण्डले सोमबार विश्वासको मत लिन लागेका छन्। त्यसबारे छलफल गर्न आज नै कांग्रेसको संसदीय दलको बैठक पनि बस्दैछ । बैठक मध्याह्न १२ बजे संसद भवनको ल्होत्से हलमा बस्ने छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*