नामेवियाविरुद्ध खेल्दै नेपाल, लगातार तेस्रो जितको खोजिमा
आईसीसी विश्वकप लिग टू क्रिकेट अन्तर्गतको त्रिकोणात्मक एक दिवसीय क्रिकेटमा नेपालले आज नामेवियासँग खेल्दै छ ।
त्रिवि क्रिकेट मैदानमा ९ बजेपछि सुरुहुने खेलमा नेपाल लगातार तेस्रो जितको खोजिमा हुने छ ।
पहिलो खेलमा नामेविया र हिजो भएको आफ्नो दोस्रो खेलमा स्कटल्याण्डमाथि जित दर्ता गरेको नेपाल लगातार तेस्रो जितको खोजिमा हुने छ ।
जारी त्रिकोणात्मक एक दिवसीय सिरिजमा नेपालसहित स्कटल्याण्ड र नामेविया सहभागी छन् ।
जारी सिरिजमा नामेविया पहिलो जितको खोजिमा रहेको छ ।
नामेवियाले नेपाल र स्कटल्याण्डसँग पराजय भोगेको छ ।
सन् २०१९ बाट सुरु भएको आईसीसी विश्वकप लिग टू अन्तर्गत नेपाल अहिले तालिकाको छैटौं स्थानमा रहेको छ ।
नेपालको २२ अंक रहेको छ ।
शीर्ष ५ भित्र अटाए एक दिवसीय वरियता जोगिने भएकाले पनि नेपालका सबै खेल निकै महत्वपूर्ण रहेका छन् ।
स्कटल्याण्ड ३४ खेलबाट ४८ अंक जोड्दै शीर्ष स्थानमा रहेको छ भने उसले बाँकी २ खेल हार्दा पनि च्याम्पियन भइसकेको छ ।
यसैगरी ओमानले सरिजका सवै खेल खेल्दै ४४ अंकका साथ आफूलाई दोस्रो स्थानमा राखेको छ ।
नामेवियाले ३२ खेलबाट ३७ अंकका साथ आफूलाई तेस्रो स्थानमा राख्दा चौथो स्थानमा अमेरिका रहेको छ ।
अमेरिकाले सवै खेल खैल्दै ३५ अंक जोडेको छ ।
शीर्ष ५ भित्र अहिले युएई पनि रहेको छ ।
युएइले २६ खेलबाट २७ अंक जोड्दै पाँचौं स्थानमा राख्न सफल भएको हो ।
पपुवन न्युगिनी भने २८ खेलबाट ५ अंक जोड्दै तालिकाको पुछारमा रहेको छ ।






