म्यानचेष्टर र बार्सिलोनाको रोमाञ्चक बराबरी

जनपत्र
५ फाल्गुन २०७९, शुक्रबार ०९:१९

युरोेपा लिगको प्ले अफको पहिलो लेगमा बार्सिलोना र म्यानचेष्टर युनाइटेडले रोमाञ्चक बराबरी खेलेका छन्।

नोउ क्याम्पमा बिहिबार राति भएको खेलमा बार्सिलोना र युनाइटेडले २–२ को बराबरी खेले। खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा सबै गोल दोस्रो हाफमा भए।

खेलको ५०औँ मिनेटमा मार्कोस एलोन्सोले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएपनि त्यसको २ मिनेटमा नै युनाइटेडले बराबरी गोल फर्कायो।

खेलको ५२ औँ मिनेटमा मार्कस रासफोर्डले गोल गर्दै युनाइटेडलाई बराबरीमा ल्याए। खेलको ५९ औँ मिनेटमा युनाइटेडेल उपहार गोलमा बार्सिलोनाविरुद्ध अग्रता लिने मौका पाएको थियो। जुलेस कुन्डेले आत्माति गोल गरेपछि युनाइटेडले बार्सिलोनाविरुद्ध २–१ को अग्रता बनाएको थियो।

तर खेलको ७६ औँ मिनेटमा राफिन्हाले गोल गर्दै खेललाई रोमाञ्चक बराबरीमा ल्याए। त्यसपछि खेलमा दुवै टोलीले गोल गर्न नसकेपछि खेल २–२ को बराबरीमा सकिएको थियो।

लिगको दोस्रो लेग २४ फेब्रुअरीमा हुनेछ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*