उपाधिका लागि नेपाल आज बंगलादेशसँग भिड्दै, यस्तो छ नेपाली टोलीको विगतको प्रदर्शन
नेपाल पहिलो खेलमा घरेलु टोलीसँग ३–१ ले पराजित भएको थियो। दोस्रो खेलमा भने नेपालले भुटानलाई ४–० ले पराजित गरेको थियो। सेमिफाइनलमा भारतलाई ३–१ ले हराउँदै नेपाल फाइनल पुगेको हो।
साफ यू–२० महिला फुटबलको फाइनल आज बिहीबार हुदैँछ। बङ्गलादेशमा जारी प्रतियोगिताको उपाधि जित्न नेपाल र आयोजक राष्ट्र आमने सामने हुनेछन्। फाइनल खेल आज बेलुका पौने ६ बजे बंगलादेशको ढाकामा रहेको कमलापुर स्टेडियममा सुरु हुनेछ ।
नेपाल पहिलो खेलमा घरेलु टोलीसँग ३–१ ले पराजित भएको थियो। दोस्रो खेलमा भने नेपालले भुटानलाई ४–० ले पराजित गरेको थियो। सेमिफाइनलमा भारतलाई ३–१ ले हराउँदै नेपाल फाइनल पुगेको हो। नेपालभ्युजबाट ।






