विवादबीच पाँच महिनापछि सन्दीप क्रिकेट मैदानमा

बलात्कार अभियोग लागेपछि गत भदौमा निलम्बन गरिएका सन्दीपमाथिको कारबाही क्यानले बुधबार फुकुवा गर्दै आइसिसी विश्वकप क्रिकेट लिग २ शृंखलाअन्तर्गत दोस्रो चरणको बन्द प्रशिक्षणमा समावेश गरेको थियो, जसअनुसार उनी शुक्रबार प्रशिक्षणमा फर्किएका छन्
जनपत्र
२१ माघ २०७९, शनिबार ०८:३०

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछाने शुक्रबार दोस्रो चरणको बन्द प्रशिक्षणमा फर्केका छन् । ३० अगस्ट २०२२ पछि सन्दीप राष्ट्रिय टोलीका खेलाडीसँगै प्रशिक्षणमा सहभागी भएका हुन् । पाँच महिनापछि सन्दीपले नेपाल क्रिकेट संघ (क्यान)ले राखेको प्रशिक्षणमा स्थान बनाएका हुन् । सन्दीपले आफ्नो पहिलो दिनको नेट सेसनमा सहकर्मीसँगै प्रशिक्षण गरेका थिए । नेट सेसनमा उनी बलिङमै केन्द्रित देखिन्थे ।

बालिकामाथिको बलात्कार अभियोग लागेका सन्दीपलाई क्यानले नै गत भदौमा निलम्बन गरेको थियो । मंगलबार र बुधबारको क्यान बैठकले सन्दीपको निलम्बन फुकुवा गरेको थियो । बिहीबार क्यानले अर्को महिना कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने आइसिसी विश्वकप क्रिकेट लिग २ शृंखलाअन्तर्गत दोस्रो चरणको बन्द प्रशिक्षणका लागि खेलाडी घोषणा गर्दै सन्दीपलाई पनि समावेश गरेको थियो । बलात्कारजस्तो गम्भीर अभियोग लागेका व्यक्तिलाई राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा राख्न नहुने भनी सन्दीपको सोसल मिडियामा तीव्र आलोचना भइरहेको छ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा विश्वप्रकाश शर्माले सोसल मिडियामा क्यानको निर्णयप्रति आलोचना गरेका छन् । दुवैले बलात्कारजस्तो गम्भीर अभियोगमा अदालतमा मुद्दा विचाराधीन भएका वेला सन्दीपको हकमा क्यानले हतारमा निर्णय गरेको प्रतिक्रिया दिएका छन् ।

‘मेरो धारणा स्पष्ट छ, बलात्कारजस्तो गम्भीर अभियोग लागेको व्यक्तिले कुनै पनि बहानामा विशेषाधिकार पाउन सक्दैन, पाउनुहुन्न,’ कांग्रेसका महामन्त्री थापाले सोसल मिडियामा लेखेका छन् । एक साताअघि थापाले क्यानका अध्यक्ष चतुरबहादुर चन्दलाई भेटेरै अदालतको फैसला नआउँदासम्म सन्दीपको हकमा हतारमा निर्णय गर्न नहुने सुझाव दिएको लेखेका छन् । ‘एक साताअघि नै यो प्रसंग आउनासाथ क्यानका अध्यक्ष ९जो नेपाली कांग्रेसका जिल्ला सभापतिसमेत हुनुहुन्छ० लाई भेटेर अदालतको फैसला नआउँदासम्म न्यायिक प्रक्रियामा रहेको विषयमा हतारमा कुनै पनि निर्णय नगर्न स्पष्टसँग भनेको थिएँ,’ थापाले लेखेका छन् ।’

थापाले क्यानको निर्णय गलत भएको र तत्काल फिर्ता लिनुपर्ने जोड दिएका छन् । उनले लेखेका छन्, ‘पुनः दोहो¥याउन चाहन्छु, बलात्कारजस्तो गम्भीर अभियोगमा अदालतमा मुद्दा विचाराधीन भएका वेला क्यानले हतारमा गरेको निर्णय गलत छ, तत्काल फिर्ता लिनुपर्छ ।’ यसैगरी, कांग्रेसकै अर्का महामन्त्री शर्माले पनि क्यानको निर्णयमा प्रश्न उठाएका छन् । ‘क्यान अध्यक्षलाई फोनमा सोधेँ, ‘खेलको नियम पालना गर्नुपर्ने संस्थाले न्यायको नियम पालना गर्नुपर्दैन रु’ शर्माले भनेका छन् । उनले मौनता नसाँध्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पनि ध्यानाकर्षण गराएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*