इन्टरलाई इटालीयन सुपकरकप

जनपत्र
५ माघ २०७९, बिहीबार ०७:४४

भेट्रान फरवार्ड एडिन जेकोको उत्कृष्ट खेलबाट प्रेरित इन्टर मिलानले छिमेकी प्रतिद्वन्द्वी एसी मिलानलाई ३–० ले पराजित गर्दै बुधबार इटालियन सुपरकप जितेको छ । इन्टरले यो उपाधि जितेको यो लगातार दोस्रो वर्ष हो ।

यससँगै इन्टरले सिजनको पहिलो उपाधि पनि हात पारेको छ । जेकोले एक गोल गरे र फेडरिक डिमार्कोले गरेको पहिलो गोलमा सहयोगी भूमिका पनि निभाए ।

किंग फयाद स्टेडियममा भएको खेलमा लउटारो मार्टिनेजले तेस्रो गोल थपे । यो उपाधिपछि अब दुवैको ध्यान इटालीको सिरी ुएुमा केन्द्रित हुनेछ र फेब्रुअरी ५ मा उनीहरू मिलान डर्बीमा भिड्दै छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*