कोपा इटालियाबाट एसी मिलान बाहिर

जनपत्र
२८ पुष २०७९, बिहीबार ०७:३९

कोपा इटालियाबाट एसी मिलान बाहिरिएको छ ।

आज विहान सकिएको खेलमा टोरिनोसँग १–० गोल अन्तरले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो ।

विजयी भएको टोरिनोले क्वाटरफाइनलमा स्थान पक्का गरेको छ ।

निर्धारित समय बराबरीमा सकिएछि खेल अतिरिक्त समयमा गएको थियो ।

अतिरिक्त समय सकिन ३ मिनेट बाँकी रहेका बेला टोरिनोले गोल गरेका थियो ।

उसका लागि मिचेल एडेपोले गोल गर्दै टोरिनोलाई जित दिलाउँदै क्वाटरफाइनलको स्थान पक्का गराए ।

टोरिनो ७० औं मिनेट १० खेलाडीमा झरेको थियो ।

कोफी डिजिजले दोहोरो पहेँलो कार्ड पाउँदै मैदान छाडेपछि टोरिन १० खेलाडीमा झरेको थियो ।एजेन्सी

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*