स्पेनिस ला लिगा : रियल मड्रिडमाथि भिल्लाको जित

जनपत्र
२४ पुष २०७९, आईतवार ०७:२९

स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा भिल्ला रियलले रियल मड्रिडलाई २-१ गोलले पराजित गरेको छ।

भिल्ला रियलको जितमा एरिमी पिनो र जेरार्ड मोरेनोले एकएक गोल गरेका हुन्। रियल मड्रिडका करिम बेन्जिमाले एक गोल फर्काए पनि जितका लागि पर्याप्त भएन।

पहिलो हाफ गोल रहित बराबरीमा टुंगिएको खेलको दोस्रो हाफमा भिल्ला विजयी भएको हो।

भिल्लाका लागि खेलको ४७ औं मिनेटमा पिनोले पहिलो गोल गरेका थिए। खेलको ६० औं मिनेटमा रियल मड्रिडका बेन्जिमाले पेनाल्टी गोल गर्दै खेल १–१ को बराबरीमा फर्काएका थिए।

खेलको ६३ औं मिनेटमा मोरेनोले गोल गर्दै भिल्लाको जित निश्चित गरेका हुन्। यो जितसँगै भिल्ला रियल पाँचौं स्थानमा उक्लिएको छ। उसले १६ खेलमा २७ अंक जोडेको छ।

शनिबार राति पराजित भएसँगै शीर्ष स्थानमा पुग्ने अवसर गुमाएको रियल ३८ अंक जोडेर दोस्रो स्थानमा कायमै छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*