मकवानपुरमा निर्वाचित संघ र प्रदेशका सांसदहरुलाई प्रमाणपत्र वितरण (भिडियो सहित)

जनपत्र
१२ मंसिर २०७९, सोमबार १४:२६

हेटौंडा । मकवानपुर जिल्लामा प्रतिनिधीसभा र प्रदेशसभामा निर्वाचित भएका सांसदहरुलाई आज निर्वाचन परिणाम घोषणा गर्दै प्रमाणपत्र वितरण गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय मकवानपुरले जिल्लामा संघ र प्रदेशसको चुनावमा विजयी भएकाहरु उम्मेदवारहरुलाई प्रमाणपत्र वितरण वितरण गरिएको हो ।

मकवानपुरका मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले बिजयी भएका संघीय सांसद र प्रदेशसभाका सदस्यहरुलाई बधाइ ज्ञापन गर्दै प्रमाणपत्र वितरण गर्नुभयो ।
मकवानपुरको निर्वाचन अधिकृतको कार्यालयले जिल्लाको प्रतिनिधीसभा क्षेत्र नम्बर–१ मा बिजयी राप्रपाका नेता दिपक बहादुर सिंह, मकवानपुर क्षेत्र नम्बर–२ मा विजयी नेकपा एमालेका बागमती प्रदेशसका उपसचिब महेश कुमार बर्तौलालाई विजयी भएको आधिकारीक घोषणा गर्दै आजै प्रमाणपत्र वितरण गरेको हो ।

त्यसैगरी क्षेत्र नम्बर–१ को प्रदेशसभा (१) मा विजयी माओबादी केन्द्रका नेता प्रेम बहादुर पुलामी, क्षेत्र नम्बर १ को (२) मा निर्वाचित एमालेका मकवानपुर अध्यक्ष एकालाल श्रेष्ठ, क्षेत्र नम्बर–२ को प्रदेशसभा (१) मा निर्वाचित माओबादीका नेता कुमारी मोक्तान, क्षेत्र नम्बर–२ को (२) मा निार्वाचित कांगे्रस नेता इन्द्र बहादुर बानिायाँलाई प्रमाणपत्र वितरण गरिएको हो ।

मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेश सरकारका प्रमुख सचिब मुकुन्द निरौला, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डे लगायतकाको आतिथ्यता रहेको थियो ।

प्रमाणपत्र वितरणको भिडियो जस्ताको तेस्तै ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*