साबा महिला बास्केटबलमा नेपालले श्रीलङ्कालाई हरायो

जनपत्र
१२ आश्विन २०७९, बुधबार ०७:१२

माल्दिभ्समा चलिरहेको साबा महिला बास्केटबल च्याम्पियनसिपमा नेपालले पहिलो जित निकालेको छ।

मालेमा गएराति भएको खेलमा श्रीलङ्कालाई हराउँदै नेपालले पहिलो जित निकालेको हो।

नेपालले श्रीलङ्कामाथि ५५–४९ को जित निकालेको हो । यसअघि पहिलो खेलमा नेपाल आयोजक माल्दिभ्ससँग ५१–४७ ले पराजित भएको थियो । अब नेपालले तेस्रो तथा अन्तिम खेलमा आज भुटानसँग खेल्नेछ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*