‘दुई नम्बरी’को गीत बनाएर ५० हजार जित्ने मौका

जनपत्र
८ भाद्र २०७९, बुधबार ०६:४६

आगामी असोज २१ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘दुई नम्बरी’प्रति दर्शकको आकर्षण बढाउन निर्माण टिमले शीर्ष गीत प्रतियोगिताको घोषणा गरेको छ । यो प्रतियोगितामा सहभागी हुन चाहनेले फिल्मको नाममाथि गीत तयार गर्नु पर्नेछ । उत्कृष्ट गीतलाई ५० हजार प्रदान गरिने निर्माता किरण नेपालीले जानकारी दिए । उक्त गीतलाई फिल्ममा पनि राखिने उनको भनाई छ ।
निर्माता नेपालीले भने, ‘प्रतियोगितामा सहभागी हुन इच्छुकले संसारका जुनसुकै ठाउँबाट पनि गीतको रफ भर्सन पठाउन सक्नेछन् । फिल्मको टिजर टाइटल गीत तयार पार्न सकिनेछ ।’ लोक, आधुनिक, शास्त्रीय जुनसुकै शैलीको गीत भए पनि फरक नपर्ने तर गीतले फिल्मको नाम अनिवार्य बोल्नु पर्ने किरणले बताए । सिंगो गीत कम्पोज गरेर रफ फाइल निर्माण टिमलाई पठाउनु पर्नेछ ।
उत्कृष्ट हुने गीतलाई आवश्यक परेको खण्डमा निर्माण पक्षले नै लोकप्रिय गायक–गायिकाको स्वरमा रेकर्ड गराउने निर्देशक तथा लेखक दीपेन्द्र लामाले बताए । भदौको ३१ गतेभित्र गीत तयार गरेर 2numbarifilm@gmail.com इमेल ठेगानामा पठाउनु पर्नेछ । गीत छनोट प्रक्रिया निष्पक्ष बनाउनका लागि निर्माण पक्षले निर्णायक समितिका सदस्यहरुको नामलाई भने गोप्य राखेको छ ।
दयाहाङ राई, सौगात मल्ल, उगेन छोदेन, उपासना सिंह ठकुरी, बद्दि तामाङ, पुष्कर गुरुङ, श्रेयस पौडेल, शारदा गिरी, कविता आले, प्रकाश घिमिरे, सुष्मा निरौला, विश्वास गुरुङ, डीबी गुरुङ, जयनन्द लामा, राजु थापामगर, सागर शाह ठकुरीलगायतको अभिनय रहेको फिल्ममा दीपक मनाङ्गे, अमलादेवी राई र जयश श्रेष्ठ निर्मातामा छन् । फिल्मका प्रस्तुतकर्ता किरण नेपाली हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*