स्वीडेनलाई ४–० ले हराउँदै इंग्ल्याण्ड युरोकपको फाइनलमा

जनपत्र
११ श्रावण २०७९, बुधबार ०८:०४

घरेलु टोली इंग्ल्याण्ड महिला युरोकपको फाइनल प्रवेश गरेको छ । गएराति भएको पहिलो सेमिफाइनलमा स्वीडेनमाथि ४–० को शानदार जित निकाल्दै इंग्ल्याण्ड फाइनलमामा प्रवेश गरेको हो ।

ब्रामल लेनमा इंग्ल्याण्डलाई जित दिलाउन बेथ मिड, लुसी ब्रोन्ज, एलेसिया रूसो र फ्रान किर्बीले एकरएक गोल गरे । खेलको ३४ औं मिनेटमा मिडको गोलमार्फत इंल्याण्डले अग्रता लिएको थियो । ४८ औं मिनेटमा ब्रोन्जले टोलीको अग्रता दोब्बर बनाइन् ।

६८ औं मिनेटमा रुसोले इग्ल्याण्डका लागि तेस्रो गोल गरिन् । ७६ औं मिनेटमा किर्बीले गोल गरेपछि घरेलु टोली ४–० को शानदार जित निकाल्दै उपाधि नजिक पुगेको हो ।

पहिलो उपाधिको खोजीमा रहेको इंग्ल्याण्डले तेस्रोपटक युरोकप फाइनलमा स्थान बनाएको हो । यसअघि उसले १९८४ र २००९ को फाइनल खेलेको थियो । अब इंग्ल्याण्डले उपाधिका लागि जर्मनी र फ्रान्सबीच हुने दोस्रो सेमिफाइनल विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*