पाँच बिद्यालयमा नमुना बिज्ञान प्रयोगशालाको अनुगमन

जनपत्र
१४ असार २०७६, शनिबार १४:४८

हेटौंडा । प्रदेश नम्बर ३ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले पाँचवटा सामुदायिक बिद्यालयलाई हस्तान्तरण गरिएको नमुना बिज्ञान प्रयोगशालाको अनुगमन गरिएको छ । मन्त्रालयको विज्ञान, वातावरण तथा जलवायु परिवर्तन महाशाखा प्रमुख रघुराम पराजुलीको नेतृत्वमा अनुगमन गरिएको हो ।

पाँच बिद्यालयमा नमुना बिज्ञान प्रयोगशाला स्थापना तथा प्रर्बदनका लागि दिइएको सहयोग सम्बन्धमा अनुगमन गरिएको महाँशाखाका प्रमुख पराजुलीले बताउनुभयो । उहाँको नेतृत्वको टोलिले आज चितवनको रत्ननगरमा रहेको बैरिया माबिमा अनुगमन गरिएको छ । पराजुली सहित मन्त्रालयका बिज्ञान प्रबिधि महासाखाका कर्मचारीहरु, मकवानपुर बहुमुखी क्याम्पसका बिज्ञान बिषयका सहायक प्राध्यापक लगायतकाको सहभागिता रहेको छ ।

महाँसाखाबाट दुईवटा अनुगमन टोलि खटिएको छ । पराजुलीको नेतृत्वमा नुवाकोटको निरन्जना माबि र रसुवाको गोसाईकुण्ड माबिको पनि अुनगमन गरिने छ । त्यसैगरी मन्त्रालयका उपसचिव भगवान गुप्ताको नेतृत्वमा सिन्धुपाल्चोकको बुद्धोदय माबि र सिंधुलीको महेन्द्र धारी बिद्यालयको अनुगमन गरिने छ । यस टोलिमा मकवानपुर क्याम्पसका बिज्ञानका सहायक प्राध्यापक लगायतका सहभागि रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*