हेटौंडाको गुम्बाडाँडामा मूर्ति हेर्ने पर्यटक बढ्दै (फोटो फिचर)

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडानम्बर १८ हर्नामाडीस्थित गुम्बाडाँडामा मूर्तिहरु सजाइएको छ । गुम्बाडाँडालाई पछील्लो समयमा थप ब्यवस्थित बनाउन लागिएको छ । हर्नामाडीको यस क्षेत्रलाई अब थप पर्यटकिय क्षेत्रको रुपमा बिकाश गर्न लागिएको हो । नेपालमै पहिलो अन्तराष्ट्रिय मूर्तिकला कार्यशाला २०६९ मा कुँदिएका नेपाल र अरू ५ देशका २३ जना होनाहार मूर्तिकारले कुँदेका २३ मूर्ति गुम्बाडाँडामा सजाइएको छ ।
गुम्बाडाँडामा मूर्तिहरु हेर्न आउने मात्र नभईकन अब पिक्नीक स्पट र फुलै फुलको बगैचा निर्माण गर्न लागिएको हेटौंडा १८ का वडाअध्यक्ष अनिल बानियाँले बताउनुभयो । हर्नामाडी कला प्रतिष्ठानले कलाकै रूपमा विकास गर्ने योजनासहित यस डाँडालाई मूर्तिले सजाएको हो ।
हेटौंडाको मुख्य बजारदेखि नजिक रहेको पर्यटनको प्रचुर सम्भावना बोकेको क्षेत्रको विकासका लागि लागिपरेको उहाँले बताउनुभयो ।
हेटौंडा हर्नामाडीस्थित सल्लाघारी भनिने ठाउँमा गुम्बा स्थापना भएपछि गुम्बाडाँडा भनेर नामकरण गरिएको थियो । अहिलेको हर्नामाडी कला प्रतिष्ठानको नाम २०६१÷६२ सालतिर गुम्बाडाँडा पर्यापर्यटकीय विकास क्षेत्र थियो ।
गुम्बाडाँडालाई नेपालमै पहिलो अन्तराष्ट्रिय मुर्तिकला कार्यशाला २०६९ सालमा सम्पन्न भयो । हर्नामाडी गुम्बाडाँडा अहिले पिकनीक क्षेत्रका रुपमा परिचित छ । पिकनिक खान आउनेसंगै यहाँ सजाइएका मूर्ति हेर्न आउने स्वदेशि पर्यटक पछील्लो समयमा निकै बढेका छन् । यसलाई पर्यटकिय क्षेत्रको बिकाश पनि गरिदै छ ।
गुम्बाडाँडामा २ तले म्युजियम बनाउन लागिएको छ । फुलको बगैचा संगै अहिले यस क्षेत्रमा कम्पाउन्ड निर्माण गरिएको छ । अहिले मकवानपुर सहित बिभीन्न जिल्लाबाट घुम्न आउनेहरु बृद्धी भएको अध्यक्ष बानियाँले बताउनुभयो ।