एन्फा नेतृत्वमा नेम्वाङ आएपछि अलमुताइरीले गरे नेपाल नफर्कने संकेत

जनपत्र
७ असार २०७९, मंगलवार ०७:२०

अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्षमा पंकजविक्रम नेम्वाङ निर्वाचित भएपछि नेपाली टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपाल नफर्किने संकेत गरेका छन् ।

सोमबार भएको निर्वाचनमा कर्माछिरिङ शेर्पालाई हराउँदै अध्यक्षमा नेम्वाङ विजयी भएपछि अलमुताइरीले सामाजिक सञ्जालमार्फत् मुख्य प्रशिक्षकको पदबाट राजीनामा दिने संकेत गरेका हुन् ।

सोमबार नेम्वाङ निर्वाचित भएपछि इन्स्टाग्राममा स्टोरी राख्दै उनले नेपाल नफर्किने संकेत गरेका हुन् । यद्यपि उनले उक्त पोस्ट केही समयपछि हटाएका छन् । गत वर्ष साउनमा उनले नेम्वाङको कारण आफूले राजीनामा घोषणा गरेको बताएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*