हेटौंडाको सडक फराकिलो बनाउन सघाउँछौ– मेयर महत

हेटौंडा । सडक भिभिजन कार्यालय हेटौंडाले आज सूचना जारी गर्दै सडक बिस्तार गर्ने योजनामा आफुहरुले पनि सघाउन तयार रहेको हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले बताउनुभएको छ । हेटौंडा मुख्य बजार क्षेत्रमा सधै साघुरो सडक राख्न नहुने बताउँदै मेयर महतले भन्नुभयो–‘हेटौंडा बजार क्षेत्र पछील्लो समयमा निकै साघुरो बन्दै गएको छ । यो साघुरो सडकलाई फराकिलो बनाउनका लागि हामिले यसअघिनै प्रधानमन्त्री कार्यालयमा चिठ्ठी समेत लेखेका थियौं । तर, महिनौ अगाडी पठाएको चिठ्ठीको बल्ल सूचना निकालेर कार्यान्वयन चरणमा जान लागेकाले यो महत्वपूर्ण काममा हामी पनि साथमा छौ ।’
बिशेषगरी प्रदेश नम्बर ३ को राजधानी समेत हेटौंडा भएपछी मुख्य सडक निकै साघुरो भएकाले यो सडक बिस्तार गर्नुपर्ने बताउँदै उहाँले भन्नुभयो –‘ सडक बिस्तार भएपछी मात्र हेटौंडाको फराकिलो सडक, चिल्लो सडक र दायाँबाँया फूलै फूलको हरियाली सुन्दर शहर बनाउने परिकल्पना बल्ल पुरा हुने छ ।’ सडक बिस्तारको काम नहुँदा हेटौंडा बजार अस्तब्यस्त भएको उहाँले बताउनुभयो ।
संघिय सरकार मातहत रहेको पूर्ब पस्चिम राजमार्ग र त्रिभुवनराजपथ सडक १६ मिटर मात्र बिस्तार गर्ने भनेर प्रदेश ३ सरकारले निणय गरेको थियो । प्रदेशको निर्णयले हेटौँडाको मुख्य बजारक्षेत्रमा पर्ने पूर्वपश्चिम राजमार्ग तथा त्रिभुवन राजपथ अन्तरगतको सडक दाँया र बाँया १६ र १६ मिटर मात्र बिस्तार गर्ने भनियो । तर, प्रदेशले यो निणय संघिय सरकारलाई पठाएपनि त्यसको कार्यान्वयन गर्नुको सट्टामा सडक सिमामा बनेका संरचना हटाउन सूचना जारी गरेको हो ।