मकवानपुरका सांसद बिरोध खतिवडाले गुहारे सभामुख

जनपत्र
१ असार २०७६, आईतवार १२:१९

काठमाडौं । सत्तारुढ नेकपा सांसद विरोध खतिवडाले सरकार र गुठियारबीच वार्ताका लागि हस्तक्षेपकारी भूमिका खेल्न सभामुखलाई आग्रह गरेका छन् ।

संसदको शुन्य समयमा बोल्दै सांसद खतिवडाले गुठी विधेयकलाई लिएर सरकार र गुठियारको बीचमा ३६ को आँकडा रहेको तर हाम्रो कुरा बुझेन भनेर दुबैले गाना चाहिँ एउटै गाइरहेका बताए । उनले भने, ‘बुझ्नेले कुरा नबुझेपछि, मनमा पिर त पर्ने नै भयो ‘ सरकार गालामा हात लगाएर यो गाना गाइरहेको छ ।’
‘गुठियारहरु यही गाना गाइरहेका छन् । बुझ्नेले कुरा नबुझेपछि, मनमा पिर नलिएपछि मसाल त समात्नै पर्‍यो’, उनले अघि भने ।

नेपालको हरेक आन्दोलनमा नेवार समुदायको ठूलो योगदान रहेको भन्दै वार्ताका लागि पहल गर्न सभामुखलाई आग्रह गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*