महेन्द्र मावि भीमफेदीको भवन हस्तान्तरण,चार करोडमा निर्माण

जनपत्र
१७ जेष्ठ २०७६, शुक्रबार १७:१८

हेटौंडा । मकवानपुरको भिमफेदी गाउँपालिकामा रहेको महेन्द्र माबिको बिद्यालय भवन आज हस्तान्तरण गरिएको छ । जिल्लामा जापान सरकारको ऋण सहयोगमा केन्द्रीय आयोजना कार्यान्वयन इकाई ज्ञानेश्वर मार्फत टेण्डर भई निर्माणाधीन ४१ विद्यालयका भवनहरुमध्ये महेन्द्र मावि भीमफेदीको दुईतले तीनवटा भवन आज हस्तान्तरण गरिएको हो । बिद्यालय १४ कक्षाकोठा, छात्रछात्रा शौचालय सहित विज्ञान प्रयोगशाला, पुस्तकालय, कम्प्युटर ल्यावको भवन आज हस्तान्तरण गरिएको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रेशम लामाको अध्यक्षता तथा भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले प्रमुख आतिथ्यतामा भएको हो । कार्यक्रममा विशेष अतिथिको रुपमा जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) प्रमुख बद्रीबहादुर पाठक, अतिथिहरु परामर्शकर्ताको तर्फबाट राजेश श्रेष्ठ जिल्ला आयोजना कार्यान्वयन इकाईका इन्जिनियर सन्दिप अधिकारी, भीमफेदी गाउँपालिकाका वडा नं ५ र ६ का वडाअध्यक्ष, अभिभावक तथा निर्माण कम्पनी स्वच्छन्द खानी बानियाँ जेभि निर्माण सेवाकातर्फबाट सागर भण्डारी र प्राविधिकहरु उपस्थित रहनुभएको थियो ।

निर्माण भएको भवन गएको असोज ८ गते उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलबाट समुद्घाटन भएको थियो । निर्माण सेवाकातर्फबाट सागर भण्डारीले विद्यालयको साँचो जिल्ला आयोजना कार्यान्वयन इकाईका प्रमुख पाठकलाई हस्तान्तरण गरिएको हो । यसैगरी गाउँ पालिकाका अध्यक्षको हातबाट विद्यालय व्यवस्थापन समितका अध्यक्षलाई भवन हस्तान्तरण गरियो ।

कूल तीन करोड ९५ लाख ७५ हजार पाँच सयको लागतमा निर्माण सम्पन्न भवनले महेन्द्र माविका विद्यार्थीको गुणस्तरीय पठन पाठनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । कार्यक्रममा स्वागत मन्तव्य प्रधानध्यापक सुरेशप्रसाद गुप्ताले गर्नुभएको थियो भने इकाई प्रमुख र प्रमुख अतिथिज्यूबाट विद्यालयमा बालबालिकाको पँहूच टिकाउ र सिकाइमा जोड दिदै हस्तान्तरण भएको भवनको सरसफाई, उचित व्यवस्थापन र संरक्षणमा रचनात्मक भूमिका खेल्न सबैमा आग्रह गर्नुभएको थियो । विद्यालय पुनर्निमाण अन्तरगत हालसम्म प्रथम चरणका जाइका सहयोगका सात विद्यालयका भवनमध्ये दुई विद्यालयका भवन हस्तान्तरण भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*