मकवानपुरमा बिपद्को पूर्ब तयारीमा स्थानीय तह देखि प्रशासन सम्म जुट्यो

जनपत्र
८ जेष्ठ २०७६, बुधबार १७:१०

हेटौंडा । जिल्ला बिपद् ब्याबस्थापन समिति मकवानपुरको आजको बैठकले पाँच वटा निणय गरेको छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला बिपद् ब्याबस्थापन समिति मकवानपुरका अध्यक्ष अस्मान तामाङको अध्यक्षतामा बसेको बैठकले पाँच वटा निणय गरेको हो ।

मकवानपुर जिल्लाको विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना संशोधन गर्ने सम्बन्धमा विभिन्न सरोकारवाला निकायका पदाधिकारीहरुबाट प्राप्त सुझावहरु समेटेर अन्तिम रुप दिने र कार्यान्वयनमा लैजाने निणय गरिएको छ । प्राकृतिक तथा गैरप्राकृतिक विपद्‌बाट हुन सक्ने सबैखाले जोखिमहरुलाई न्यूनीकरण गर्न र विपद्को समयमा खोज, उद्धार तथा राहत र पुनर्लाभ सम्बन्धी कार्य गर्न सम्बन्धित सबै निकायहरुले समन्वयात्मकरुपमा आवश्यक पूर्व तयारी गर्ने र उपलब्ध श्रोत साधनको विवरण अध्यावधिक गरी चालु अवस्थामा राख्ने निणय गरिएको छ ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा १७ बमोजिम स्थानीय विपद् व्यवस्थापन समिति गठन गरी विपद् व्यवस्थापन कोषको व्यवस्था गर्न र आ-आफ्नो तहको पूर्वतयारी तथा प्रतिकार्य योजना तर्जुमा गरी कार्यान्वयन गर्ने व्यवस्थाका लागि सबै स्थानीय तहहरुलाई अनुरोध गर्ने लगायतका निणय गरिएको छ ।

बिपद्को पूर्ब तयारीमा मकवानपुरका सबै स्थानीय तह, स्थानीय प्रशासषन, प्रहरी, नेपाली सेना, ससस्त्र प्रहरी सबै जुटेका छन् । उनीहरुले बिपद्को पूर्ब तयारी समेत गरिसेकको बताएका छन् । बैठकमा मकवानपुरका बिभीन्न स्थानीय तहका प्रमुखहरुको समेत सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*