यातायात क्षेत्रमा औंला नठड्याउने गरी काम गरेर देखाउँछौै–मुख्यमन्त्री पौडेल

जनपत्र
८ जेष्ठ २०७६, बुधबार ११:१९

हेटौंडा । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले यातायात क्षेत्रमा कसैले पनि औला नठड्याउने गरी काम गर्न प्रदेश सरकारले सुरु गरेको बताउनुभएको छ । यातायात ब्यावस्था सेवा कार्यालय प्रदेश नम्बर ३ ले हेटौंडाबाट सुरु गरेको सवारी चालक अनुमती पत्रको सेवा शुभारम्भ कार्यक्रमको आज उद्घाटन् गर्दै उहाँले यातायात ब्यावस्था कायालयबाट दिनहुँजसो आफुलाई अनियमितताका फोन आउने गरेको बताउनुभयो । काठमाण्डौं, बिरगन्जमा जस्तो अनियमितता हेटौंडाबाट हुन नदिने उहाँले बताउनुभयो ।

सवारी अनुमती पत्रको नबिकरण सुरु गरिएपनि यसलाई निरन्तर्ता दिनकका लागि चुनौती भएको उहाँले बताउनुभयो । अहिले पनि संघियतालाई पूर्ण रुपमा कार्यनयन गर्न नसिकिएको उहाँले बताउनुभयो । अब यातायात क्षेत्रलाई पूर्ण रुपमा सुधार गरिने उहाँको भनाई छ । सबैको सहयोगबाट मात्र हेटौंडाबाट सेवा दिन सकिएको मुख्यमन्त्री पौडेलले बताउनुभयो ।

कार्यक्रममा प्रदेश ३ को भौतिक पूर्बाधार बिकाश मन्त्रालयका सचिव कौषल किशोर झाले काम सुरु गर्नका लागि ठुलो कुरा नभईकन अब यो सेवाले सधै निरन्तर्ता पाउनुपर्ने बताउनुभयो । कार्यक्रममा हेटौंडा ११ का वडाअध्यक्ष गोकर्ण पराजुली, सेवाग्राहीका तर्फबाट माधव अधिकारी लगायतकाले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*