भिमफेदीकी अन्जनाको हत्यारालाई कार्बाहीको माग गर्दै ज्ञापनपत्र

जनपत्र
६ जेष्ठ २०७६, सोमबार १७:५२

हेटौंडा । मानब अधिकार संरक्षण तथा मानव बेचबिखन बिरुद्धको सञ्जाल मकवानपुरले आज मकवानपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ मार्फत गृहमन्त्री रामबहादुर थापा बादललाई ज्ञापनपत्र बुझाएको छ ।

मकवानपुर जिल्ला भिमफेदी गाउँपालिका माईती भई ललीतपुर जिल्लाको ढोलाहीटीमा बस्दै आएकी अन्जना लामा महतलाई आफ्नै घरभित्र जेठाजुद्धारा गरिएको क्रुर पुर्ण आक्रमण गरेर हत्या गरिएका दोसीलाई कडा भन्दा कडा कार्बाहीको माग गर्दै ज्ञापनप बुझाइएको हो ।
मानब अधिकार संरक्षण तथा मानब बेचबिखन बिरुद्धको संजाल मकवानपुरका संयोजक आरती पाठक र महिला मानव अधिकार रक्षक सञ्जाल मकवानपुरका संयोजक गिता अर्यालले प्रमुख जिल्ला अधिकारी मार्फत ज्ञापनपत्र बुझाउनुभएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*