युवाको मेहनती कामले मात्र प्रदेशको बिकाश हुन्छ –मन्त्री दुलाल

जनपत्र
६ जेष्ठ २०७६, सोमबार १६:२८

हेटौंडा /  प्रदेश नम्बर ३ का सामाजिक बिकाश मन्त्री युवराज दुलालले स्वयंसेवकहरुले राष्ट्रको बिकाश हुने गरी काम गर्नका लागि आग्रह गर्नुभएको छ । प्रदेश ३ को सामाजिक बिकाश मन्त्रालयको आयोजनामा प्रदेश बिकाश स्वयंसेवक अभिमुखिकरण कार्यक्रमको अवसरमा बोल्दै उहाँले प्रदेशको बिकाशको हरेक क्षेत्रमा सहयोग गर्ने गरी यो कार्यक्रम ल्याइएको बताउनुभयो ।

युवाहरुको मेहनती काम, जोस र जाँगरले मात्र देशको बिकाश गर्न सकिने मन्त्री दुलालले बताउनुभयो । स्वयंसेवक पदलाई जागिरको रुपमा नहेरीकन काम गर्नका लागि उहाँले निर्देशन दिनुभएको छ । अब यस प्रदेशमा सडकमा बस्नुपर्ने बाध्यता हटाउन लागिएको उहाँले बताउनुभयो । अब सकारात्मक कामको बिकाश गर्नुपर्ने बताउँदै उहाँले पदको दुरुपयोग नगरीकन स्वयंसेवी ढंगले काम गरेर राष्ट्रको बिकाश गर्न लाग्नुपर्ने बताउनुभयो ।

कामका सिलसिलामा देखिएका चुनौतीहरुलाई चिरेर नयाँ संभावनाको खोजी गरेर काम गर्नुपर्ने मन्त्री दुलालले बताउनुभयो । काम बिहीन भएका युवालाई काम दिने गरी यो कार्यक्रम ल्याइएको बताउनुभयो । सधैभरी स्वंसेवक भएर काम गर्नुभन्दा पनि दुईबर्ष सम्म मात्र यो कार्यक्रममा सहभागि हुनुपर्ने बताउनुभयो । स्वयंसेवकले जागिरका रुपमा भन्दा पनि स्वयंसेबी ढंगले काम गरिनुपर्ने उहाँको भनाई छ । कार्यक्रममा प्रदेश ३ को नीति तथा योजना आयोगका सदस्य एमुना कडेलले स्वयंसेवकले राज्यको प्रतिनिधित्व भएर काम गरिनुपर्ने बतााउनुभयो । कार्यक्रममा सामाजिक बिकाश मनत्रालयका सचिब दिपेन्द्र सुवेदीको अध्यक्षतामा भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*