फोहोरको डंगुर सफा गर्न मन्त्री दुलाल आफै निस्किएपछि …..

जनपत्र
४ जेष्ठ २०७६, शनिबार ०८:०७

हेटौंडा । प्रदेश नम्बर ३ को सामाजिक बिकाश मन्त्रालय परिसर र वरपरका क्षेत्रमा आज सरसफाई गरिएको छ । सामाजिक बिकाश मन्त्री युवराज दुलालको नेतृत्वमा मन्त्रालय परिसर र वरपरको क्षेत्र सरसफाई गरिएको हो । मन्त्रालय स्थापना हुनु भन्दा पहिले देखि फोहोरले थुप्रिएको मन्त्रालय वरपर र आसपासका क्षेत्रमा आज बिहान सरसफाई गरिएको छ ।


झाडिले घेरिएको मन्त्रालय वरपरका क्षेत्रमा सरसफाई गरेर फोहोरमा आगलागी गरिएको हो । मन्त्रालय वरपर सफा गरिएपछी अहिले थप सुन्दर देखिएको छ । पहिले झाडी भएकाले आफ्नो क्षेत्रफल पनि थाहा नपाएको र अहिले सफा गरिएपछी बल्ल मन्त्रालयको क्षेत्रफल थाहा पाइएको उहाँले बताउनुभयो ।

महिनौ अगाडी देखि फोहोरले थुप्रिएको डंगुर आफैले सफागर्ने अभियानमा निस्कीएको मन्त्री दुलालले बताउनुभयो । सफाई अभियानमा मन्त्रालयका निमीत्त सचिव र कर्मचारीहरु पनि उत्तिकै जुटेका थिए । शनिवार बिदाको दिन बिहान सवेरै सबै कर्मचारीहरु पनि मन्त्रालय वरपर सफाइृ गर्ने अभियानमा जुटेका थिए । मन्त्रालय वरपरको क्षेत्र सफाई पछी अब बिभीन्न जातका फलफूलका बिरुवाहरु रोपिने दुलालले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*