काठमाण्डौ महानगरद्वारा आइतवारदेखि भौतिकरुपमा विद्यालय सञ्चालन गर्ने निर्णय

जनपत्र
८ आश्विन २०७८, शुक्रबार १३:३३

काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाले आउँदो आइतवारदेखि भौतिकरुपमा नै विद्यालय खोल्ने निर्णय गरेको छ । विश्वभरि फैलिएको कोरोना महामारीको दोस्रो लहरका कारण गएको वैशाखको दोस्रो हप्तादेखि बन्द रहेका विद्यालय भौतिक रुपमा खोल्ने निर्णय भएको हो ।

महानरपालिकाको शिक्षा विभागको बैठकले विद्यालय खोल्ने अनुमति दिने निर्णय गरेको हो । विभागका प्रमुख रामप्रसाद सुवेदीका अनुसार भौतिकरुपमा विद्यालय खोल्न व्यवस्थापन समितिको बैठक बसेर अभिभावकको सहमति लिएर कार्ययोजना बनाएर महानगरपालिकामा पेस गर्नुपर्नेछ ।

विद्यार्थी सङ्ख्या धेरै भएका विद्यालय भने खोल्नका लागि अनिवार्य गरिएको छैन । विद्यालय पुनःसञ्चालन गर्न व्यवस्थापन समितिको बैठक बसेर आपसी समझदारीमा मात्र सञ्चालन गर्ने गराउने व्यवस्था मिलाउने, विद्यालय सञ्चालनको विस्तृत कार्ययोजना बनाएर महानगरको शिक्षा शाखामा पेस गर्नुपर्ने र शिक्षक, विद्यालय कर्मचारी, चालक सबैले खोप लगाएको हुनुपर्ने छ ।

शिक्षक, कर्मचारी, चालकले खोप लगाउन बाँकी रहेको अवस्थामा महानगरपालिकाले खोप लगाउने व्यवस्था समेत गर्ने जनाएको छ । जोखिमकैबीच विद्यालय खुल्न थाले पछि अभिभावकले चिन्ता व्यक्त गर्न गरेका छन् ।

चाडपर्व नजिक आएको र कोरोनाको त्रास अझै कायमै रहेकाले दशैँ तिहारपछि मात्र भौतिकरुपमा विद्यालय खोल्नु पर्ने अभिभावकको भनाइ छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*