इन्द्रसरोबरमा पर्यटक भित्र्याउन प्याराग्लाईडिङ (फोटो फिचर)

जनपत्र
२२ बैशाख २०७६, आईतवार १२:५२

हेटौंडा / मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाको मानब निर्मित इन्द्रसरोबर माथी प्याराग्लाईडिङको सफल परिक्षण गरिएको छ । गाउँपालिकाले आफ्नो क्षेत्रमा आन्तरिक तथा बायह पर्यटक भित्रयाउने उदेस्यले इन्द्रसरोबरताल माथी प्याराग्लाईडिङको पहिलो पटक परिक्षण गरेको हो ।

पर्यटकिय क्षेत्र इन्द्रसरोबर भएपनि त्यती धेरै पर्यटक नआएपछी प्याराग्लाईडिङको परिक्षण गरेर ब्याबसायीक रुपमा पछी काम गरीने गाउँपालिकाका अध्यक्ष जीवन लामाले बताउनुभयो । कुलेखानीको इन्द्रसरोबरमा तीन स्थानबाट प्याराग्लाईडिङ गर्न मिल्ने भएपनि अहिले भने एक स्थानबाट मात्र परिक्षण गरिएको उहाँले बताउनुभयो । निजी क्षेत्रसंगको सहकार्यमा नागरिक उड्ययन मन्त्रालयबाट स्वीकृति लिएर काम गर्ने तयारी गाउँपालिकाले गरेको छ ।

गाउँपालिकाको पहलमा प्याराग्लाईडिङको परिक्षण गरिएको हो । इन्द्रसरोबरमा प्याराग्लाईडिङ चल्ने हो भने पोखरा लगायतका क्षेत्रमा जाने पर्यटकहरु मकवानपुरको इन्द्रसरोबरमा जाने निस्चित छ । इन्द्रसरोवर गाउँपालिका १ नम्बर मार्खुको इन्द्र सरोबर ताल माथि गुम्बा डाँडाबाट सफल परिक्षण भएको गरेको गाउँपालिका अध्यक्ष जीवन लामाले जानकारी बताउनुभयो ।

प्याराग्लाईडिङ परिक्षणको लागि गाउँपालिकाले प्याराग्लाईडिङ पाईलटको रुपमा पोखराबाट विशाल लामाको नेतृत्वमा सम्भावित अध्ययन तथा परिक्षण गराएको थियो । प्याराग्लाईडिङको सफल भए पश्चात गाउँपालिकाका अध्यक्ष लामाले पर्यटन प्रवद्र्धनको लागि प्याराग्लाईडिङले महत्वपुर्ण भुमिका खेल्ने बताउनुभयो ।

तस्बिर–इन्द्रसरोबर गाउँपालिका अध्यक्ष जिवन लामाको फेसबुकबाट ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*