अन्तर्राष्ट्रिय महिला दिवसमा बक्समाण्डुले आयोजना गर्यो महिला बक्सिङ प्रतियोगिता

१११औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा बक्समाण्डुले महिला बक्सिङ प्रतियोगिताको आयोजना गरेको छ। प्रतियोगितामा शुष्मा तामाङ विजयी भइन्। उनले नगद पचास हजार रुपैयाँ पुरस्कार पाइन्। विभिन्न तौल समूहमा अस्मिता दुवाल, रोशनी राई, जस्मिन केसी, मन्दिरा पुतुवाल, देचेन शेर्पा, हेमा राई र माला राई विजयी भए। उनीहरुले नगद दश हजार रुपैयाँ पुरस्कार पाए। प्रतियोगितामा ८ तौल समूहमा १६ खेलाडीले सहभागिता जनाएका थिए। खेल कीर्तिपुरमा भएको थियो।