संसद् विघटनको निर्णय बदर गरेको खुसीयालीमा हेटौंडामा नेकपा प्रचण्ड–नेपाल पक्षको विजय र्याली
हेटौंडा / प्रतिनिधि सभा ब्युताउने सर्वोच्च अदालतको फैसलाको खुशीयालीमा नेकपा प्रचण्ड–नेपाल पक्षले बागमती प्रदेशको राजधानी हेटौंडामा विजय र्याली र सभा गरेको छ। हेटौंडाको हुप्रचौरबाट शुरू भएको र्याली नगरपरिक्रमा पछि सिमाचोकमा पुगेर सभामा परिणत भएको थियो।
विभिन्न नाराहरु लगाउँदै हेटौंडाको मुख्य–मुख्य चोकहरुको परिक्रमा गर्दै निस्किएको र्याली सिमाचोकमा पुगेर सभामा परिणत भएको थियो । प्रतिगमन परासत भएको ठहर गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमलाई अदालतले सच्याएकोमा उनीहरुले खुसी व्यक्त गरेका थिए । उनीहरुले ‘सवोच्च अदालत हाईहार्य, केपी ओली बाईबाई’, ‘न्यायालयलाई धन्यबाद’ जस्ता नाराले लगाएका थिए ।
नेपालको राष्ट्रिय झण्डा, नेकपाको झण्डा र चुनाव चिन्ह सूर्यअंकित झण्डासहित र्यालीमा सहभागीहरूले प्रधानमन्त्री केपी ओलीको राजीनामा मागेका थिए। केपी ओली राजीनामा दे, संघिय लोकतान्त्रिक गणतन्त्र–जिन्दावाद, सर्वोच्च अदालत–हाईहाई, विर सहिद–लालसलाम,लोकतन्त्र– जिन्दावाद, यो जित कस्को–जनताको, जनताको एकता– जिन्दावाद, नागरिक समाज– जिन्दावाद, सर्वोच्च अदालतले के गर्यो–संविधान र लोकतन्त्रको रक्षा गर्यो जस्ता नारा लगाएका थिए।
नेकपा केन्द्रीय सदस्य तथा मकवानपुर सह–इन्चार्ज कुमारी मोक्तानले प्रतिगतमनको लडाई सकिए पनि अझै अधिकारको संघर्ष बाँकी नै रहेको बताईन् । उनले अब आधिकारीक नेकपा र सुर्य चिन्हको लागी लड्नु पर्ने बताईन् ।पार्टीको अधिकारको लागि संर्घष तयारीमा जुट्न नेताकार्यकर्ताहरुलाई अग्रह गरिन् । नेकपा मकवानपुरका अध्यक्ष मुनु सिग्देल, सचिव प्रेम बहादुर पुलामी छिन्तु लगायतले लोकतन्त्र र संविधानको रक्षा गर्न सहयोग पु¥योउने सबैमा धन्यवाद ब्यक्त गरे ।







