यो आइल्याण्डमा बस्छन् सबैभन्दा खुंखार जनजाती !

जनपत्र
४ फाल्गुन २०७७, मंगलवार ०६:२८

आइल्याण्ड एकदमै रमाइलो हुन्छ । त्यहाँ धेरै मानिसहरु पिकनिक र घुम्नका लागि जाने गर्दछन् । केहि आइल्याण्ड भने संसारभरमा धेरै चर्चित छन् । र केहि भने जान पनि डरालाग्दो किसिमका छन् । आज हामी तपाईलाई एउटा यस्तै आइल्याण्डको बारेमा जानकारी दिनेछौँ । जुन आइल्याण्ड धेरै नै खतरनाक छ । यो आइल्याण्डमा जो मानिस जान्छन् जीवित फर्किंदैनन् । त्यसैले त्यहाँको सरकारले त्यस्ता स्थानमा नो इन्ट्रीको बोर्ड लगाएको हुन्छ ।

भारतको नर्थ सेन्टिनल आइल्याण्डमा एक खतरनाक जनजाती बस्छन् । यी जनजातीलाई आधुनिक सभ्यताको बारेमा थाहा छैन । त्यसैले जो गएपनि त्यहाँ आक्रमण गरिन्छ । एक पटक २००६ मा एक माझीको डुंगा त्यहाँ पुगेको थियो । तर उनीहरुलाई त्यहिँ मारियो । १९८१ मा एक डुंगा त्यसैगरि बाटो बिर्सिएर पुग्यो, त्यसलाई भने हेलिकप्टर पठाएर बचाइएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*