नेकपा ओली समुहको केन्द्रीय सदस्यमा मकवानपुरका १२ जना
हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समुहको केन्द्रीय सदस्यहरुमा मकवानपुरका १२ जना रहेका छन् । पहिले माधब–प्रचण्ड समुह सहितको नेकपामा ओली समुहका दुइजना मात्र केन्द्रीय सदस्य रहेका थिए ।
नेकपाले निर्बाचन आयोगमा माघ ८ गते बुझाएको एक हजार ५ सय १ जनाको केन्द्रीय कमिटीमा मकवानपुरका मात्र १२ जना केन्द्रीय सदस्य रहेका छन् । समुहमा विभाजन नहुँदाको समयमा नेकपा केन्दीय सदस्यमा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र पार्टीका जिल्ला सहइन्चार्ज समेत रहनुभएका केन्द्रीय सदस्य रामेश्वर राना हुनुहुन्थ्यो । अहिले भने अरु १० जना केन्द्रीय सदस्य थपीएका हुन् ।
निर्बाचन आयोगमा बुझाइएको नामावलीमा नेकपाका केन्द्रीय सदस्यहरुमा अनन्त पौडेल, अशोक कुमार ठकुरी, कृष्ण प्रसाद दाहाल, जुनेली श्रेष्ठ, बाबुराम दाहाल, मधुसुधन खतिवडा, महेश वतौला, रघुनाथ खुलाल, रामचन्द्र राई र सुवास चन्द्र ठकुरी चयन हुनु भएको हो । मकवानपुरमा रहेर लामो समय राजनीति गरेका नेताहरुलाई नेकपा ओली पक्षले केन्द्रीय सदस्यमा चयन गरेर निर्वाचन आयोगमा पठाएको हो ।
अहिले थपीएका केन्द्रीय सदस्यमा बाबुराम दाहाल प्रधानमन्त्रीका कानून बिज्ञ हुनुहुन्छ । कानूनका विषयमा प्रधानमन्त्री र नेकपाका महासचिब तथा अर्थमन्त्री विष्णु पौडेलसंग रहेर वषौंदेखि काम गर्दै आउनुभएको छ ।






