गलत मार्गचित्रका कारण मुलुक संंकटमा:- कमल थापा

राप्रपा हेटौंडा–२ मा ढकाल
जनपत्र
९ माघ २०७७, शुक्रबार १८:१०

हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले २०६२/०६३ पछि अबलम्बन गरिएको त्रुटिपूर्ण मार्गचित्रका कारण मुलुक संकटको दलदलमा भासिएको बताउनुभएको छ । आज मकवानपुरको मकवानपुरगढी गाउँ पालिकामा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै थापाले काङ्ग्रेस र कम्युनिष्टले लिएको गलत बाटोले मुलुकलाई अधोगती तर्फ लगेकोले अब राप्रपालाई बिकल्पको रुपमा स्थापित गर्नुपर्ने आबश्यकता औल्याउनुभयो।

गौरबशाली इतिहासलाई नष्ट गरेर मुलुक समृद्ध बन्न नसक्ने ठोकुवा गर्दै थापाले धर्म,संस्कृती र पहिचान रक्षाको निमित्त नयाँ पुस्ता अग्रसर हुनुपर्ने बताउनुभयो ।राप्रपा राजा सहितको प्रजातन्त्रको पक्षमा रहेको निरंकुशताको पक्षमा नभएको स्पष्ट पार्दै उहाले अभिभावकको भुमिकामा मात्र राजसंस्था रहने बताउनुभयो ।

फरक बिचार सहितको राष्ट्रबादी शक्ति निर्माणमा राप्रपा लागिरहेको चर्चा गर्दै थापाले मुकुक बनाउन र बचाउन राप्रपा बलियो हुनैपर्ने बिचार ब्यक्त गर्नुभयो। भ्रस्टाचार ,धर्म परिबर्तन,सर्बसत्ताबाद र बेरोजगारी अहिलेको प्रमुख समस्या भएको भन्दै थापाले मुलुकलाई निकास दिन सबै शक्ति र बिचार अट्ने राज्य प्रणाली आबश्यक भएको बताउनुभयो।

कार्यक्रममा बोल्दै राप्रपा नेता मधु अधिकारिले काङ्ग्रेस कम्युनिस्ट असफल भएको , भ्रस्टाचार र भ्रस्टाचारिलाई संरक्षण राज्य बाटै भएको भन्दै राज्य ब्यबस्था परिबर्तन नगरी नयाँ आशा दिन नसकिने दाबी गर्नुभयो । सो अबसरमा विभिन्न पार्टी परित्याग गरि राप्रपा प्रवेश गर्नुहुनेहरुलाई अध्यक्ष थापाले स्वागत गर्नुभएको थियो ।कार्यक्रममा रामहरी न्यौपाने ,खिल चौलागाईं ,गुरु सापकोटा,कृष्ण बिडारी,उमाकान्त गौतम,जयराम तिमल्सिना लगायतले बोलेका थिए।

राष्ट्रिय प्रजातन्त्र पार्टी हेटौंडा–२ मा किशोर ढकालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ । शुक्रबार भएको भेलाबाट ढकालको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो । समितिमा उपाध्यक्ष राधा विष्ट, सचिव लक्ष्मण दाहाल, कोषाध्यक्ष पुस्कर अर्याल तथा सदस्यहरुमा प्रेमलाल श्रेष्ठ, दीपक श्रेष्ठ, राजेन्द्र बस्नेत, रामाशंकर श्रीवास्तव, चण्डिका गौतम, तारा भण्डारी, चन्द्रावती परियार, उर्मीला घिमिरे र श्रीप्रसाद सुवेदी रहेका छन् । भेलामा एक दर्जनभन्दा बढी विभिन्न पार्टी परित्याग गरी राप्रपामा प्रवेश गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*