अविस्वासको प्रस्ताब फेल गरिदिन्छौ–मुख्यमन्त्री पौडेल

बहुमत सदस्य आफ्नो पक्षमा भएकाले आज प्रदेशसभा बैठकमा टेबुल हुने अबिस्वासको पास फेल गरिदिने मुख्यमन्त्रीको तयारी
जनपत्र
९ माघ २०७७, शुक्रबार ०८:२२

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल विरुद्धको अविस्वासको प्रस्ताबलाई नेकपा केपी ओली पक्षका सांसदले फेल गरिदिने तयारी गरेका छन् । नेकपाकै माधब नेपाल र प्रचण्ड समुहका ४५ जना सांसदले मुख्यमन्त्री पौडेलका विरुद्धमा अविस्वासको प्रस्ताब प्रदेशसभामा दर्ता गराएका थिए ।

आजको प्रदेशसभा बैठकमा औपचारिक रुपमा अविस्वासको प्रस्ताब टेबल गर्ने कार्यसूची रहेको छ । तर, ओली पक्षका प्रदेशसभा सदस्यहरुले अविस्वासको प्रस्ताब फेल गरिदिने तयारी पनि थालेका हुन् । बहुमत सदस्य आफ्नो पक्षमा भएको वताउँदै मुख्यमन्त्री पौडेलले भन्नुभयो–‘प्रदेशसभामा अविस्वासको प्रस्ताब टेबुल मात्र हुन्छ । पास हुन दिदैनौं । किनकी हामीसंग बहुमत सदस्य रहेका छन् । अविस्वासको प्रस्ताब पास हुनै नदिने हाम्रो तयारी छ ।’

आज प्रदेशसभा बैठकमा अविस्वासको प्रस्ताब टेबुल भएपछी छलफलका लागि सभामुख सानुकुमार श्रेष्ठले केही दिनका लागि संसद बैठक स्थगित गर्ने तयारी गर्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीनिकट मुख्यमन्त्री पौडेलविरुद्ध नेकपाकै दाहाल–नेपाल समूहका ४५ जना प्रदेशसभा सदस्यले हस्ताक्षरसहित पुस १० गते प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता गरेका थिए । अधिवेशनको पहिलो दिन दलका नेताहरूले बोल्ने क्रम सकिएसँगै सभामुख श्रेष्ठले बैठक अनिश्चितकालका लागि स्थगन गर्नुभएको थियो ।

बिहीबार कार्यव्यवस्था परामर्श समितिको बैठकमा दलका प्रतिनिधिहरूको निरन्तर दबाबपछि सभामुख श्रेष्ठले आज दिउँसो १ बजेका लागि बैठक आह्वान गर्नुभयो । ‘अब अविश्वास प्रस्ताव सदनमा औपचारिक रूपमा प्रवेश हुन्छ,’ कांग्रेसका सचेतक छिरिङदोर्जे लामाले भन्न्ुभयो ।

अविश्वासको प्रस्तावका प्रस्तावक शालिकराम जमकट्टेलले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको अवस्थामा उनकै मन्त्री रामेश्वर फुयाँललाई कार्यव्यवस्था परामर्श समितिमा राखेर छलफल गरेको भन्दै सभामुखको आलोचना गर्नुभएको थियो । मुख्यमन्त्री पौडेल निकट सांसद दीपक निरौलाले अविश्वासको प्रस्ताव फेस गर्न तयार रहेको बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*