चीनमा भीरमाथि बनाइयो ३० तल्ले भवन जति अग्लो पिङ, दह्रो मुटु भएकाले मात्र आँट्छन् (भिडियो)

जनपत्र
९ माघ २०७७, शुक्रबार ०६:२२

चीनको चोङकिङमा विशाल पिङ बनाइएको छ । २३ सय फीट अग्लो ठाउँमा एउटा भीरको छेउमा ३० तल्ले भवन जति नै अग्लो पिङ बनाइएको हो । चक्करै आउने उक्त पिङमा बसेर ८० माइल प्रतिघन्टाको गतिमा रोमाञ्च खोज्नेहरू रमाउनेछन् । नदीसहितको उपत्यकामाथि उक्त पिङ राखिएको छ ।

चोङकिङमा अनौठा संरचनाहरू प्रशस्तै छन् । त्यहाँ हजार फीट अग्लो भीरमा विशाल हल्लिने कुर्सी बनाइएको छ । तर अहिले बनाइएको पिङ त्यसभन्दा अग्लो, द्रुत गतिको र डरलाग्दो छ । युनयाङ लोङगाङ सिनक स्पटको एक अंगका रूपमा उक्त विशाल पिङलाई ३२८ फीट अग्लो आर्क र ३५४ फीट अग्लो लोन्चिङ टावरमा राखिएको छ । त्यो तीन हजार ६ सय ८ फीटको उचाइमा छ ।

एकपटकमा तीनजनालाई पिङमा राख्न मिल्छ । उनीहरूलाई लोन्चिङ टावरमा बाँधिएको डोरीले हावामा उचालिन्छ र तीव्र गतिमा हुत्याइन्छ । पिङ बनाउने इन्जिनीयर शी शुएबिनले पिङ भुइँबाट ९० डिग्रीको कोणसम्म माथि उचालिन्छ अर्थात् भीरको छेउबाट २३० फीट माथि पुग्न सक्छ । इन्जिनीयरले यसको सुरक्षाका विषयमा मानिसहरूलाई ढुक्क रहन भनेका छन् ।

पिङमा चार महिनासम्म सुरक्षा जाँच गरिएको र यसले १० म्याग्निच्युडको भूकम्प पनि सहने उनले बताए । अनि १०३ माइल प्रतिघन्टाको हावालाई पनि यसले सहने उनको भनाइ छ । ‘पर्यटकहरूले युरोपेली संघबाट प्रमाणित सुरक्षा वस्त्र लगाउनुपर्नेछ । उनीहरूलाई थप सुरक्षा दिनका लागि हामीले कपडाबाहिर सुरक्षा बेल्टहरू पनि थपेका छौं,’ शीले बताए ।

पिङलाई सन् २०२० को पहिलो दिनबाट आरम्भ गरिनेछ । एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*