नेकपा ओली समुहको हेटौंडा नगर कमिटीको बैठक, अध्यक्षमा पुणासैनी र सचिबमा कार्की चयन
हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समुहको हेटौंडा उपमहानगरपालिका कमिटीको विस्तारित बैठक आज भएको छ । विस्तारित बैठकले प्रचण्ड नेपाल समुहका अध्यक्ष र सचिबलाई पदमुक्त गर्दै नयाँ अध्यक्ष र सचिब चयन गरेको छ । आजको ओली समुहको बैठकले नेकपा हेटौंडा उपमहानगरपालिका कमिटीका प्रचण्ड नेपाल समुहका अध्यक्ष रघु आचार्य र सचिब तिर्थबहादुर थापालाई पद मुक्त गरेको हो ।

बैठकले नेकपा नगरकमिटीको अध्यक्षमा शालिकराम पुणासैनी र सचिबमा बोलबहादुर कार्कीलाई चयन गरेको नेकपा मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठले वताउनुभयो । यसैगरी २ सय ३५ सदस्य नगरकमिटी समेत गठन गरेको छ । अब हेटौंडामा नेकपाका गतिबीधि तिब्र रुपमा अगाडी बढ्ने विस्वास समेत श्रेष्ठले व्यक्त गर्नुभयो ।
नेकपाका केन्द्रीय सदस्य तथा जिल्ला सहइन्चार्ज रामेश्वर रानाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेकपाका केन्द्रीय सदस्यहरु अनन्त पौडेल, रघुनाथ खुलाल, मधुसुधन खतिवडा, महेश वतौला, जिल्ला अध्यक्ष एकालाल श्रेष्ठ, जिल्ला सचिवालय सदस्य गोपाल श्रेष्ठ लगायतकाले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।








