प्रधानमन्त्री ओलीले संघीय लोकतान्त्रिक गणतन्त्र कमजोर बनाउने खेल शुरु गर्नुभयो–नेता बानियाँ

जनपत्र
७ माघ २०७७, बुधबार १७:४३

हेटौंडा । बागमती प्रदेशका प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता इन्द्रबहादुर बानियाँले वर्तमान प्रधानमन्त्री केपि शर्मा ओलीले संघीय लोकतान्त्रिक गणतन्त्र कमजोर बनाउने खेल शुरु गरेको बताउनुभयो । बागमती प्रदेशसभाको सातौं अधिवेशन सफलताको शुभकामना व्यक्त गर्दै उनले जनताले स्थिर सरकारका लागि भोट दिएको अवस्थाा अस्थिरता पैदा गराउने काम गरेको बताउनुभयो ।

उनले नेकपाले जनताको मतलाई अपमान गरेको बताउनुभयो । उहाँले संघीय लोकतान्त्रिक गणतन्त्रको स्थायित्वका लागि नेकपा अझै पनि नफुटोस् भन्ने शुभकामना नेपाली कांग्रेसले दिएको बताउँदै तिख्तताका बिच पनि मिल्न आग्रह गर्नुभयो । उहाँले नेपाली कांग्रेस व्यवस्था जोगाउने पक्षमा रहेको बताउनुभयो ।

लोकतन्त्र र संघीय व्यवस्थाप्रति वितृष्णा पैदा गराउने काम गरेको भन्दै उनले संघीय सदन विघटन गर्दै यसलाई झन बढावा दिने काम भएको बताउनुभयो । उहाँले जनता, मतदाता, संचारमाध्यम सबैले प्रदेशसभा विघटन होला कि भन्ने चिन्ता रहेको भन्दै संघीय व्यवस्था जोगाउन पनि नेपाली कांग्रेसले प्रदेशसभा जोगाउन जस्तोसुकै मूल्य चुकाउन तयार रहेको बताउनुभयो । राजनैतिक स्थिरता विना सुखी र खुशी सपनामा मात्रै देख्न सकिने भएकाले स्थिरताका लागि एकजुट हुन आग्रह गर्नुभयो ।

बैठकमा नेकपाकी सांसद अष्टलक्ष्मी शाक्य, विवेकशिलका सांसद रमेश पौडेल, नेमकिपाका सांसद सुरेन्द्र गोसाईं, राप्रपाकी सांसद रिता माझी, रिना माझीले अहिलेको सरकारको कामले जनतामा वितृष्णा पैदा भएको बताएका थिए । प्रदेशसभामा मुख्यमन्त्री डोरमणी पौडेलविरुद्ध परेको अविश्वासको प्रस्तावमाथि निर्णय गर्नका लागि कार्यविधि समिति गठन भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*