नेकपा मकवानपुरको पार्टी कार्यालयमा ओली पक्षको तालावन्दी
हेटौँडा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मकवानपुरको हेटौँडा– ५ मा रहेको पार्टी कार्यलयमा आज तालाबन्दी गरिएको छ । नेकपा संस्थापन पक्षको दावि गरेको ओली समुहले पार्टी कार्यालय पनि आफ्नै हुनुपर्ने भन्दै आज तालावन्दी गरिएको हो ।
आफ्नो पार्टी कार्यालयमा अरुले प्रयोग गरेर रजाई गर्न नदिनका लागि पनि तालावन्दी गरिएको नेकपा मकवानपुरका ओली पक्षका अध्यक्ष एकालाल श्रेष्ठले वताउनुभयो ।
तालावन्दी कार्याक्रममा नेकपाका केन्द्रीय सदस्यहरु रामेश्वार राना, रघुनाथ खुलाल, जुनेली श्रेष्ठ, महेशकुमार बर्तौला, नेकपा मकवानपुरका अध्यक्ष एकलाल श्रेष्ठ, पार्टीका जिल्ला नेताहरु, जनसंगठनका नेताहरुको सहभागितामा आज तालाबन्दी गरिएको हो ।
यसअघि दुवै पक्षले पार्टी कार्यालय कुरेर बस्ने गरेको थियो । पार्टी कार्यालय दुरुपयोग गरेर विभिन्न कार्यक्रम आयोजना हुन थालेको भन्दै ओली पक्षले तालाबन्दी गरेको हो ।
विभिन्न भातृ संगठनका नेताहरुको उपस्थितिमा पार्टी कार्यालयमा कोणसभा आयोजना गरेर तालाबन्दी गरिएको थियो ।ओली पक्षिय नेताहरुले दाहाल–नेपाल समूहले अनावश्यक कार्यक्रम आयोजना गरेर पार्टी कार्यालयबाटै गुटगत गतिविधि बढाएको आरोप लगाएको छ । ‘हामीले विभिन्न समयमा पार्टी कार्यालयमा कुनै पनि किसिमको गुटगत गतिविधि नगर्न चेतावनी दिएका थियौं । तर, गुटगत भेला नरोकिएपछि तालाबन्दी गरेका हौं,’ नेकपा मकवानपुरका युवा नेता सन्तोष चौलागाईंले भन्नुभयो। ओली पक्षले यसअघि जिल्ला अध्यक्ष मुनु सिग्देल र सचिव प्रेमबहादुर पुलामीलाई कारबाही गरेर पार्टी पदमुक्त गरिसकेको छ ।
नेकपा मकवानपुरमा इञ्चार्ज बिरोध खतिवडा, सहइञ्चार्ज कुमारी मोक्तान, जिल्ला अध्यक्ष मुनु सिग्देल, सचिव प्रेमबहादुर पुलामीलगायत नेकपा दाहाल–नेपाल पक्षमा रहेका छन् । अहिले नेकपा पार्टी कार्यालयको ढोकामा दुईवटा ताल्चा झुण्डिएका छन् । पार्टी कार्यलयको संम्पती सुरक्षा र अदालतमा यो विषयले प्रवेश गरेको भन्दै छिनोफानो नभइन्जेलको लागि सुरक्षा आवश्यक रहेको भन्दै आफुहरुले तालाबन्दी गरेको केन्द्रीय सदस्य रानाले वताउनुभयो ।
तालाबन्दी कार्यक्रममा बोल्दै नेकपा मकवानपुरका अध्यक्ष श्रेष्ठले पार्टी कार्यलय हजारौ नेकपाको रगतपसिनाबाट बनेको भन्दै कार्यलयको सुरक्षा आफुहरुको प्राथकिमकतामा परेको वताउनुभयो ।
केपी शर्मा ओली नेतृत्वको नेकपानै आधिकारिक नेकपा भएको भन्दै चोइटिएर गएकाहरुलाई गर्दईमा रहेको कार्यलय प्रयोग गर्न समेत आग्रह गरेका थिए ।







