प्रचण्डको कुण्ठापत्र फिर्ता र बैशाखको चुनाबमा एक भएर जाने सहमतीमा पार्टी एक हुन्छ–उपप्रधानमन्त्री पोख्रेल

जनपत्र
२५ पुष २०७७, शनिबार १७:३८

हेटौंडा । उपप्रधानमन्त्री तथा नेकपाका केन्द्रीय सचिवालय सदस्य ईश्वर पोखरेलले पुस्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको कुण्ठापत्र फिर्ता लिने र बैशाखमा हुने निर्वाचनलाई स्वीकार गरेमा पार्टी एक हुन सक्ने वताउनु भएको छ ।

नेकपा ओली समुहले आज हेटौंडामा गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उपप्रधानमन्त्री पोखरेलले प्रचण्डको ढाडमा टेकेर टाउकोमा हान्ने प्रबृती र माधब नेपालको कुण्ठा पाल्ने प्रबृतिका कारण अहिलेको समस्या आएको वताउनुभयो । केपी अ‍ोलीले नेतृत्व गरेको नेकपानै अहिलेको आधिकारीक रहेको उहाँले वताउनुभयो ।

पुस ५ गते प्रतिनिधिसभा विघटन गरेर निर्वाचनको मिति तोकिएको अवस्थामा चुनाव नसर्ने उहाँले दाबि गर्नुभयो । ‘वैशाखको १७ गते र २७ गते दुई चरणमा गरेर निर्वाचनको मिति घोषणा गरिएको छ । तोकिएकै समयमा निर्वाचन हुन्छ’ उहाँले भन्नुभयो ।

उहाँले निर्वाचनलाई सम्पन्न गर्न चारवटै सुरक्षा निकायका प्रमुखसँग सरकारले बैठक राखेर निर्वाचनको प्रारम्भिक योजना बनाइसकेको बताउनुभयो । ‘सुरक्षा प्रमुख र निर्वाचन आयुक्तहरुले प्रारम्भिक योजना निर्माण गरिरहनु भएको छ ।

ताजा जनादेशका लागि निर्वाचन गर्न लागिएको हो । त्यसकारण चुनावको तयारी गर्न अन्य दलहरुलाई पनि आग्रह गर्दछु ।’, उहाँले प्रतिपक्षी दल कांग्रेसलाई पनि ९० प्रतिशत चुनाव लागिसकेको टिप्पणी गर्नुभयो । उहाँले नेकपाको निर्वाचित अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली भएका कारण चुनाव चिन्ह र दलको मान्यता आफूहरुले प्राप्त गर्ने बताउनुभयो ।

‘निर्वाचन आयोगमा हामीले सम्पूर्ण कागजात पठाएका छौं । अब कानुनी र प्रक्रियागत रुपमा आयोगले सूर्य चिन्ह र पार्टीको आधिकारिकता केपी शर्मा ओलीलाई दिनेमा हामी ढुक्क छौं ।’

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा युवा तथा खेलकुद मन्त्री दावा लामाले केपी ओलीको नेतृत्व छाडेर जाने प्रचण्ड–नेपाल समुहलाई नेकपको भेलले भारत कटाईदिने दाबी गर्नुभएको छ । भेलामा बोल्दै मन्त्री लामाले केपी ओलीनै मुलधारको नेतृत्व भएको बताउनुभयो । हाम्रो पितापुर्खाको भनई छ संकटमा नआत्तिनु, तपाईहरु सतिसाल भएर उभिनु भएको रैछ, अब मकवानपुरको यो कार्यकर्ताको भेलले ,ओली नेतृत्वको यो भेलले उहाहरुलाई राप्ती खोलाको बोर्डर मात्र हैन, भारत कटाउछ भारत मात्र हैन बंगालको खाँडी पुराउछ ।

नेकपा मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका केन्द्रीय सचिवालय सदस्य काँशीनाथ अधिकारी, युवा तथा खेलकुद मन्त्री दावा दार्जे लामा, बागमती प्रदेशका मुख्यमन्त्री तथा नेकपाका केन्द्रीय सदस्य डोरमणि पौडेल, अर्का केन्द्रीय सदस्य तथा आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुंगेल, नेकपाका केन्द्रीय सदस्य तथा जिल्ला सहइन्चार्ज रामेश्वर राना, नेकपा मकवानपुरका नेता देबराज रिमाल लगायतकाले मन्तब्य व्यक्त गर्नु भएको थियो । कार्यक्रममा नेकपाका केन्द्रीय सदस्यहरु क्ृष्ण दाहाल, अनन्त पौडेल, महेश बतौला लगायतकाको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*