हेटौंडाको दश वटा वडामा नेकपा ओलीपक्षको कार्यकर्ता भेला

जनपत्र
२३ पुष २०७७, बिहीबार १९:०४

हेटौंडा । हेटौंडाको नौ वटा वडामा नेपाल कम्युनिष्ट पार्टी केपी ओली पक्षको कार्यकर्ता भेला भएको छ । नेकपा पार्टी दुइपक्षमा विभाजन भएपछी ओली पक्षले हेटौंडामा कार्यकर्ता भेलालाई तिब्रता दिएको हो। आज मात्र हेटौंडाको वडा नम्बर २, ३, ४, ९, १०, ११, १२, १६, १७ र १८ नम्बर वडामा कार्यकर्ता भेला भएको नेकपा मकवानपुरका नेता एकालाल श्रेष्ठले वताउनुभयो ।

पार्टी बिभाजनको संघारमा पुगेका बेलामा कार्यकता भेला वडा स्तर सम्म पुगिसकेका छन् । नेकपाको प्रचण्ड–नेपाल पक्षको भेलाले तिब्रता पाएसंगै ओली पक्षले पनि भेलालाई तिब्रता दिएको छ । हेटौंडा १० मा भएको भेलामा बागमती प्रदेशसभाका सदस्य जुनेली श्रेष्ठ, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल,नेकपा मकवानपुरका नेता एकालाल श्रेष्ठ लगायतकाले सम्बोधन गर्नु भएको थियो ।

त्यसैगरी हेटौंडा १९ मा भएको भेलामा नेता श्रेष्ठ र लालबहादुर थापाले संबोधन गर्नुभयो । हेटौंडाका बिभीन्न स्थानमा भएको भेलामा नेकपाका ओली पक्षका नेताहरुले कार्यक्रमलाई संबोधन गर्नु भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*