विकासका काम देखेर प्रदेश सरकारका विरुद्धमा अविस्वासको प्रस्ताव दर्ता गरियो–मुख्यमन्त्री पौडेल

जनपत्र
१६ पुष २०७७, बिहीबार १७:१८

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री तथा नेकपाका केन्द्रीय सदस्य डोरमणि पौडेलले मकवानपुरमा विकासका काम धेरै भएको देखेर पार्टी भित्रबाटनै हस्ताक्षर गरेर प्रदेश सरकार विरुद्ध अविस्वासको प्रस्ताव ल्याएको वताउनुभएको छ ।

केपी ओली निकटको नेपाल कम्युनिष्ट पार्टीको सम्बद्ध मोर्चा संगठन, मकवानपुरको आयोजनामा आज हेटौंडामा भएको भेलालाई संबोधन गर्दै उहाँले पार्टी भित्रका मकवानपुरकै सांसदहरुले आफु विरुद्धमा अविस्वासको प्रस्ताबमा हस्ताक्षर गरेको वताउनुभयो । यतीका धेरै विकास प्रदेश सरकारले गरेको देखेर आफु विरुद्ध जिल्लाकै प्रदेश सांसदले हस्ताक्षर चलाएको वताउनुभयो । सरकारले राम्रो काम गरेको देखेर सरकार ढाल्न लाग्नेहरु आम नागरिकले चिनीराख्नुपर्ने वताउनुभयो ।

सिङ्गो कम्युनिष्ट आन्दोलन बचाउने र संघीयता बचाउने काम अब आफुहरुको रहेको पार्टीका केन्द्रीय सदस्य समेत रहनु भएका मुख्यमन्त्री पौडेलले वताउनुभयो । प्रदेशको स्थायी राजधानी हेटौंडालाई तोक्ने देखिलीएर स्वास्थ्य, शिक्षा, सडक, खेलकुदका क्षेत्रमा धेरै महत्वपुर्ण काम भएको उहाँले वताउनुभयो । अहिलेको समयमा जनताले गुट उपगुटको पक्षमा भन्दा पनि विकासप्रेमी नेतृत्वलाई साथ दिनुपर्ने धारणा व्यक्त गरे ।


प्रधानमन्त्री ओलीले संसद विघटन गर्नु बाध्यात्मक कदम भएको उहाँको भनाई छ । जनताले ५ बर्षको लागि स्थायी सरकार चुनेर पठाएको अवस्थामा केही नेताहरुले आफ्नो व्यक्तिगत स्वार्थ पूर्तिका निम्ति विदेशी शक्तिहरुको इसारामा प्रधानमन्त्रीलाई चौतर्फी घेराबन्दीमा पारेपछि प्रधानमन्त्रीले मुलुकको साँचो नेपाली जनताको हातमा सुम्पिन बाध्य भएको उहाँले वताउनुभयो ।

निबर्तमान सांसद तथा समितिका सभापति कृष्ण प्रसाद दाहालले कार्यकारी प्रधानमन्त्रीले संसद विगठन गर्न सक्ने वताउनुभएको छ । अब एक जुट भएर निर्वाचनमा जानुको विकल्प नरहेको उहाँले वताउनुभयो । कार्यक्रममा नेकपाका केन्द्रीय सदस्यहरु रामेश्वर राना, अनन्त पौडेल, रघुनाथ खुलाल, रघुनाथ खुलाल, महेश बतौला लगायतकाले संसद विगठन गर्नु प्रधानमन्त्रीको बाध्यात्मक कदम भएको वताएका छन् । कार्यक्रममा नेकपा मकवानपुरका कार्यालय सदस्य एकालाल श्रेष्ठ, मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेती, भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामा, उपाध्यक्ष पार्वती राना लगायतकाको आतिथ्यता रहेको थियो । कार्यक्रम जिल्ला युवा संघ मकवानपुरका संयोजक सन्तोष चौँलागाईको सभाध्यक्षतामा भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*