नेकपा मकवानपुरको मोर्चा संगठनको भेला भोली हुँदै
हेटौँडा । नेपाल कम्युनिष्ट पाट्री (नेकपा) मकवानपुरले बिहीबार (भोली) हेटौंडामा बृहत कार्यकर्ता भेलाको आयोजना गर्ने भएको छ । नेकपा मोर्चा संगठनहरुको संयुक्त आयोजनामा बृहत जिल्ला कार्यकर्ता भेला गर्न लागिएको हो ।
पार्टीका केन्द्रीय सदस्य एवम् बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा पछिल्लो राजनैतिक घटनाक्रमका बारेमा कार्यकर्तालाई जानकारी दिईने बताईएको छ । नेकपा सम्बद्ध युवा संघ, अनेम संघ, अनेरास्ववीयु, खेलकुद महासंघ मजदुर संगठन र किसान संगठनको संयुक्त आब्हानमा भेला आयोजना गरिएको युवा संघ मकवानपुरका अध्यक्ष सन्तोष चौलागाईले बताए।
सबै संगठनका अध्यक्षहरुको सामूहीक बैठकले भेला आयोजना गर्ने निर्णय गरेको हुँदा भेलामा सहभागीताका लागि अनुरोध गरिएको चौलागाईले बताए। कार्यक्रममा युवासंघका केन्द्रीय सहसंयोजक रमेश पौडेलको समेत सहभागिता रहनेछ । भेला हेटौंडा–४ स्थित क्लब हेटौँडामा विहान ११ वजेबाट सुरु हुने बताईएको छ ।






