प्रचण्ड-माधव समूहको काठमाण्डौमा शक्ति प्रदर्शन
काठमाण्डौ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहले प्रतिनिधिसभा विघटनविरुद्ध आज देशव्यापी विरोध प्रदर्शन गरेकाे छ ।
प्रदर्शनमा पार्टी अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाललगायतका शीर्ष नेताको सहभागिता रहेकाे छ । भृकुटीमण्डपमा सभालाई तीनै नेताले सम्बोधन गर्दै छन । नेकपाले संसद् विघटनविरुद्ध जनप्रदर्शन गर्न प्रवक्ता नारायणकाजी श्रेष्ठको संयोजकत्वमा दुई हजार ५०१ सदस्यीय सङ्घर्ष समिति गठन गरेको थियो ।







