बागमतीमा मुख्यमन्त्री विरुद्ध अविस्वासको प्रस्ताब दर्तापछी के गर्दै छन् प्रचण्ड–माधब समुह ?

काग्रेशसंग सहमती गरेर बागमती प्रदेशमा सरकार बनाउँदा अष्टलक्ष्मीलाई मुख्यमन्त्री बनाउने बटमलाइनबाट पछी हटिदैन–जमकट्टेल
जनपत्र
१३ पुष २०७७, सोमबार ०८:११

हेटौंडा । बागमती प्रदेशमा मुख्यमन्त्री डोरमणि पौडेलका विरुद्धमा अविस्वासको प्रस्ताब दर्ता गरेपछी नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड–माधब समुहले सरकार बनाउनका लागि छलफलको कामलाई तिब्रता दिएको छ । बिशेषगरी नेपाली काग्रेश पार्टीसंग नमिलीकन सरकार नबने भएकाले काग्रेश संगको छलफललाई तिब्रता दिइएको नेकपा बागमती प्रदेशका नेता तथा प्रदेशसभाका सदस्य सालीकराम जमकट्टेलले वताउनुभयो ।

बागमतीमा मुख्यमन्त्री पौडेका विरुद्धमा प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्री पदबाट राजिनामा दिएर संसदमा अविस्वासको प्रस्ताब दर्ता गरिएको थियो । त्यसपछी काग्रेशसंग सहमती गरेर बागमती प्रदेशमा सरकार बनाउँदा अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनाउने पहिलो बटमलाइनबाट कुराकानी भइरहेको उहाँले वताउनुभयो ।

शाक्यलाई मुख्यमन्त्री बनाउने बटमलाइनबाट आफुहरु पछी नहट्ने उहाँले वताउनुभयो । केन्द्र देखि प्रदेश सम्मका नेताहरुसंग र सांसदहरुसंग कुराकानी भइरहेको उहाँले वताउनुभयो । आफ्ना पक्षका ४६ जना सांसद र नेपाल काग्रेशका २२ जना सांसद प्रदेशमा भएकाले धेरै सांसद भएकाले पनि आफुहरुले मुख्यमन्त्री पाउनुपर्ने अडानमा प्रचण्ड–माधब समुहका सांसदहरु प्रदेशमा रहेका छन् ।

मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएसँगै वाग्मती प्रदेशमा सत्ताको जोडघटाउ सुरु भएको हो । तत्कालीन नेकपा एमालेबाट संसदीय दलको नेतामा निर्वाचित भएर एकल बहुमतको सरकारको नेतृत्व गरेका पौडेलविरुद्ध सत्तारूढ नेकपाभित्रको विवाद फुटतर्फ अग्रसर हुँदै गर्दा दाहाल–नेपाल पक्षबाट अविश्वासको प्रस्ताव दर्ता भएको हो । अब वाग्मती प्रदेशमा नयाँ सरकार गठन गर्न वा अविश्वासको प्रस्ताव सामना गर्न दुवै पक्षलाई प्रमुख प्रतिपक्ष कांग्रेसको साथ आवश्यक देखिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली पक्षका मुख्यमन्त्री पौडेललाई टिकाउन होस् वा दाहाल–नेपाल पक्षकी अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्रीको कुर्सीमा पुर्‍याउन कांग्रेसको साथविना सम्भव छैन । मुख्यमन्त्रीको पक्षमा ३४ मत छ । मुख्यमन्त्रीविरुद्ध दाहाल–नेपाल समूहका ४५ सांसदले अविश्वासको प्रस्ताव दर्ता गराएका छन् । पौडेललाई अब प्रदेश सरकार टिकाउन आवश्यक थप २२ मत कांग्रेससँग छ ।

४६ मत मात्र रहेको अर्को पक्षलाई पनि नयाँ सरकार बनाउन कांग्रेसको साथ आवश्यक पर्छ । वाग्मती प्रदेशसभामा १ सय १० जना सदस्य रहेकामा ५६ जनाले बहुमत पुग्छ । विवेकशील साझाका ३ जना, राप्रपाका २ जना, नेपाल मजदुर किसान पार्टीका २ जना र स्वतन्त्र सांसद एक जना छन् । साना दल सबै दाहाल–नेपाल समूहसँग मिले पनि प्रदेश सरकार गठन हुन सक्दैन । यद्यपि कांग्रेसले हालसम्म ठोस निर्णय लिन सकेको छैन ।

यसका लागि समन्वयको जिम्मा संसदीय दलका नेता इन्द्रबहादुर बानियाँलाई दिइएको छ । यति महत्वपूर्ण विषय केन्द्रीय नेतृत्वसँग छलफल नगरी अघि बढ्न नसक्ने अवस्थामा पुगेको कांग्रेसका प्रदेशसभा सदस्यहरूले बताएका छन् । मुख्यमन्त्री पौडेल अविश्वासको प्रस्ताव सामना गर्नुअघि कांग्रेसको साथ खोजिरहेका छन् । दुवै पक्षबीच विभिन्न चरणमा छलफल भइसकेको छ ।

‘लोकतन्त्रलाई संस्थागत गर्न र परिवर्तनलाई बचाउन कांग्रेसले उचित समयमा उचित निर्णय गर्नेछ । तत्काल सरकारमा जाने विषयमा छलफल भएको छैन,’ नेता बानियाँले भने, ‘आवश्यक परेको खण्डमा लोकतन्त्र र प्रदेशको हितमा निर्णय गर्न तयार छौं ।’

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*